SSI SSI
SSI SSI

 सिड्नीमा हुने " महजात्रा "को तयारी पुरा 

सोमबार, जेठ १४, २०८१


सिड्नी । नेपालका चर्चित हाँस्यव्यंग्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सहित कलाकारको टिम "महजात्रा" प्रदर्शनको लागि अष्ट्रेलिया आई सकेको छ ।  मे २५ शनिवार  पर्थबाट सुरु भएको "महजात्रा " अष्ट्रेलियाको एडिलेड र क्यानबेरा हुदै जुन २ तारिख आइतवार सिड्नीमा आइपुग्ने छ । अष्ट्रेलियाकै सुबिधा सम्पन्न थिएटर सिड्नीको "स्टेट थिएटर"मा हुने   सिड्नी शोको तयारी पुरा भएको  आयोजक सस्थाले जनाएको छ । "महजात्रा " सिड्नी शोका बारेमा नेपाल न्यूजसँग कुरागर्दै ईभेण्ट अर्गनाईजर ड्रिम हाइट्सका पासांग शेर्पाले अष्ट्रेलियामा रहेका नेपालीहरुको चाहना र भावनालाई बुझेर नेपालका बरिस्ठ कलाकार हरुलाई यो कार्यक्रमको आयोजना गर्न लागिएको बताए । उनले भने - अष्ट्रेलियाकै सुबिधा सम्पन्न "स्टेट थिएटर" मा यो नै पहिलो नेपाली कार्यक्रम हुने यो "महजात्रा" लाई भब्य र सभ्य बनाउन यहाको नेपाली समुदायले खेल्ने भूमिकाले महत्वपूर्ण अर्थ राख्दछ । 
एभरेस्ट ट्राभलका कार्यकारी प्रमुख ईर्साद अहमदले नेपालका बरिस्ठ कलाकारहरुलाई अष्ट्रेलिया ल्याए यहाँको सुबिधा सम्पन्न थिएटरमा कार्यक्रम गर्न पाउनु र सक्नु यहाँका नेपालीहरुको लागि गर्वको बिषय भएको बताउदै यहाको नेपाली समुदायको माग अनुसार यस्ता खालका कार्यक्रम लाई आगामी दिनमा पनि निरन्तरता दिइने उल्लेख गरे । 

 


 मार्कक्यू होम्स र एभरेस्ट ट्राभलको आयोजनामा हुने यो कार्यक्रम प्रवासमा नेपाली कार्यक्रमको स्तरलाई  उकास्दै नेपालका लोकप्रिय अनि बरिस्ठ कलाकारहरुलाई उच्च सम्मान दिने उद्देश्यका साथ हुने यो कार्यक्रममा वरिस्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित कलाकारहरु  किरण केसी "राता मकै",कुन्ती मोक्तान, नरेन्द्र कंसाकार र शिलाबहादुर मोक्तानको बेजोड प्रस्तुती हुनेछ ।

त्यसैगरी कार्यक्रममा स्थानिय कलाकारहरुले पनि नृत्य प्रस्तुत गर्नेछन् । यो थिएटरको  १९ सय ५० दर्शक क्षमता रहेको छ । नेपाली सबैले रुचाएको अनि मन पराएका बरिस्ठ कलाकारहरुको प्रस्तुती हेर्ने र सुन्ने यो सुनौलो मौका लाई कसैले नगुमाऔं । 


 मदनकृष्ण र हरिवंश भन्नासाथ लालपुर्जाको पुस्टकारी र ट्याक्सी, १५ गतेको जात भात अनी धनी गरिब बिरुद्धको सन्देश धेरैको सम्झनाका तरेलीमा होलान । हरेक शब्द र वाक्य मार्फत देश र जनताका लागी केहि न केहि सन्देश दिन सक्ने क्षमता राख्ने मह जोडिले नेपालको राजनैतिक परिबर्तनमा पुर्याउदै आएको योगदान प्रसंसनिय रहदै आएको छ । यीनै नेपालका जीवित सुपतहरुप्रति सम्मान र आदरभाव प्रकट गर्न कार्यक्रममा सहभागी बनौ , बिरलै जुर्ने अबसरको सदुपयोग गरौ । 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  ०७:५७
प्रतिक्रिया दिनुहोस्