SSI SSI
SSI SSI

क्यानबेरामा अभिभावक बनभोज कार्यक्रम सम्पन्न 

आइतबार, जेठ १३, २०८१



सिड्नी । एनआरएनए  अष्ट्रेलियाको सिग्नेचर कार्यक्रमको रुपमा रहेको अभिभावक बनभोज कार्यक्रमलाई एनआरएनए एसिटी राज्य समितीले हिजो ( मे २५ तारिख शनिवार )  सम्पन्न गरेको छ ।  एनआरएनए एसिटी राज्य समितीका संयोजक बिक्रम सुबेदीका अनुसार क्यानबेरा र त्यसको आसपासमा बसोवास गरिरहेका  आफ़न्तजन हरुलाई भेट्न नेपालबाट आएका बा आमाहरु प्रति लक्षित सो बनभोज कार्यक्रममा बा आमाहरुको बाक्लो सहभागिता रहेको थियो ।

ब्ल्याक माउण्टेन पेनिन्सुलामा सम्पन्न सो बनभोजमा सहभागी अभिभावकहरुले नाच गान गरेर भरपुर मनोरंजन लिए । नेपालको विभिन्न भागबाट अष्ट्रेलिया आएका अभिभावकहरुले यस्तो संयोग र अवसर मिलाएकोमा आयोजक सस्थालाई धन्यबाद सहित आभार प्रकट गरेका थिए । बनभोज कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न  क्यानबेरा स्थित विभिन्न सामाजिक सस्थाहरुले साथ र सहयोग गरेका थिए । 


नेपाल न्यूजसंग कुरा गर्दै एनआरएनए एसिटी राज्य समितीका संयोजक बिक्रम सुबेदीले कार्यक्रम  तयारी र सम्पन गर्न साथ र सहयोग गर्ने सबै प्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि नेपाली मन र मुटु मात्र होइन हामीबीच आत्मियता सामिप्यता र बन्धुत्वको भावना जगाउने यस्ता किसिमका कार्यक्रमलाई निरन्तरता दिइने बताए । 


कार्यक्रममा अभिभावकहरुको साथ साथै क्यानबेराका नेपाली संघ सस्थाका प्रतिनिधि र सामाजिक अभियन्ताहरुको सक्रिय सहभागिता रहेको थियो । 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १४:५०
प्रतिक्रिया दिनुहोस्