SSI SSI
SSI SSI

गायक नरेश रेग्मीको ''धर्ती र जुनको कहानी'' म्युजिक भिडियो सार्वजनिक

आइतबार, जेठ १३, २०८१


सिड्नी । अष्ट्रेलिया लाई आफ्नो कर्म थलो बनाउदै आएका लोकप्रिय गायक नरेश रेग्मीले आफ्नो नयाँ गीत सहितको म्युजिक भिडियो सार्बजनिक गरेका छन् । गायक रेग्मीले आफ्नो जन्मदिनको दिन यहि मे २४ तारिख शुक्रबार एक बिशेष कार्यक्रमका बिच काठमाण्डौमा आफ्नो यौ ट्युब च्यानल  एनआर क्रियसन मार्फत् सार्बजनिक गरेका हुन् । गीतकार प्रवल विष्टको रचना रहेको ''धर्ती र जुनको कहानी'' बोलको गीतमा चर्चित गायिका अन्जु पन्त र गायक नरेश रेग्मीको आवाज रहेको छ भने सङ्गीत  एसडी योगीको रहेको छ ।


  पछिल्लो समयमा मायाँ, प्रेम र समन्धमा देखिएको धनि र गरिब बिचको भेदभावका बिषयमा आधारित यस गीतको म्युजिक भिडियोमा गायक तथा मोडल नरेश रेग्मी र चर्चित नायिका केकी अधिकारीको अभिनय रहेको छ भने कमला विष्ट पहिलो पटक छोटो भुमिका मार्फत यस गीतमा देखिएकी छिन् । क्यामेराम्यान हरि हुमागाइको छायाङ्कन रहेको यो म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका छन् । 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १०:१३
प्रतिक्रिया दिनुहोस्