SSI SSI
SSI SSI

 अष्ट्रेलियामा विभिन्न कार्यक्रमका साथ एभरेष्ट डे मनाईने   

शनिबार, जेठ १२, २०८१

 
सिड्नी । नेपालको पहिचान र परिचयलाई विविध विषयसंग जोडर अन्तराष्ट्रियस्तरमा विभिन्न कार्यक्रमहरुको आयोजना भईरहेका छन् । यसै सन्दर्भमा फेडेरशन  अफ  नेप्लिज  कम्युनिटी  एसोसियन (फेन्का) सँग आवद्ध सामाजिक संघसंस्थाहरुको  आयोजनमा यहि मे २६  तारिखमा " अन्तराष्ट्रिय एभरेष्ट डे " मनाईने भएको छ । संसारकै सबैभन्दा उच्च शिखर सगरमाथा नेपालमा रहेको र प्रकृतिक रुपले समेत नेपाल आकर्षक देश रहेको बारे अन्तराष्ट्रिय समुदायलाई जानकारी दिने उद्धेश्यका साथ एभरेष्ट डेको आयोजना गर्न लागिएको हो । विश्वको सर्बोच्च शिखर सगरमाथाका  बारेमा देश तथा विदेशमा प्रचार प्रसार गर्ने, पर्यटन प्रबर्धन गर्दै नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउदै नेपालको आर्थिक अवस्था सुधारमा समेत सहयोग पुग्ने बिश्वास गरिएको छ । 


फेन्काका अध्यक्ष बोम योञ्जनले  "हिमाल संरक्षण गरौं"भन्ने नाराका साथ हुने सो कार्यक्रम अन्तर्गत मेलबर्नमा मे २९ तारिख मा हुने कार्यक्रममा त्यहाका सांसद र विभिन्न पार्टीका प्रतिनिधि एबम नेपालि समुदायको सहभागिता रहने बताउछन । उनले  नेपाली मौलिक कला, संस्कृति,भेष भुषा झल्कने विविध कार्यक्रम गरिने र यो कार्यक्रम मेलबर्न , सिड्नी लगायतका शहरहरुमा विभिन्न संघ संस्थाको सहकार्य र सहयोगमा गरिने बताए । 


यसैवीच न्यू साउथ वेल्सका स्टेट कोडिनेटर विष्णु हमालका अनुसार  सिड्नीको फ़ाईभ डकमा मे २६ तारिख  विहान १० बजेबाट  सुरु हुने  कार्यक्रममा नेपाली कला, संस्कृति झल्कने विभिन्न भेषभूषा सहित नेपाललाई चिनाउने विविधतायुक्त प्रस्तुती सहित एभरेष्ट डे मनाईने छ । फेन्काका  महासचिव मधुसुदन  पुडासैनी  अष्ट्रेलियाको नेपाली समुदायले  नेपालको पयर्टन, कला, संस्कृति जर्गेना गर्ने र प्रचार प्रसार गर्ने कार्य गर्दै आएको र यो कार्यक्रले पनि सोहि अभियानलाई टेवा पुर्याउने बिस्वास व्यक्त गर्छन । 
  फेन्का न्यू साउथ वेल्सका डिपुटी कोर्डिनेटर मुक्तिराम पोख्रेलले २६ मेमा हुने "अन्तराष्ट्रिय एभरेष्ट डे " मा सहभागि भएर कार्यक्रमलाई सफल बनाउन सबैसंग आग्रह गरेका छन् । 

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  ०६:१०
प्रतिक्रिया दिनुहोस्