SSI SSI
SSI SSI

न्यु क्यासलमा बुद्ध जयन्ती मनाईयो 

शुक्रबार, जेठ ११, २०८१


सिड्नी । विश्व शान्तिका अग्रदुत एबम् बौद्ध दर्शनका प्रवर्तक भगवान गौतम बुद्धको २५ सय ६८ औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरेर मनाईयो । यसै अवसर पारेर नेप्लिज कम्युनिटी अफ न्युक्यासलले एनआरएनए न्यू साउथ वेल्स राज्य समितिसंगको सहकार्यमा न्युक्यासलामा शान्ति पदयात्रा कार्यक्रम गर्यो ।

 बुद्धका सन्देश सहितका प्ले कार्ड र ब्यानर सहित न्यु क्यासलमा बसोबास गरेका नेपालीहरुले सो पदयात्रामा सहभागिता जनाएका थिए । हेमिल्टन स्टेसनबाट किङ्ग स्ट्रिटसम्मको दुरीमा " शान्ति र एकताका लागि पैदल यात्रा " तय गरिएको थियो । 


एनआरएनए न्यू साउथ वेल्स राज्य समितिका संयोजक बिनोद कुवरले गौतम वुद्धको जन्म नेपालमा भएको र उनको सन्देश मानव जीवनको अभिन्न अंगको रुपमा रहेको बताए ।

एनआरएनए न्यू साउथ वेल्स राज्य समितिका पूर्व संयोजक देव गुरुङले भगवान गौतम वुद्ध नेपालमा जन्मेका हुन् भन्ने सत्य तथ्यको बारेमा विश्व समुदायलाई जानकारी गराउन सबै नेपालीहरु आ आफ्नो तहबाट लाग्नुपर्नेमा जोड दिए ।

सो कार्यक्रम  नेप्लिज कम्युनिटी अफ न्युक्यासलका अध्यक्ष बीर राईको अध्यक्षतामा सम्पन्न भएको थियो । हरेक बर्षको  बैशाख शुक्ल पक्षको पुर्णिमा तिथिको दिन भगवान गौतम बुद्धको जन्म ,ज्ञान प्राप्ति र महानिर्बाण एकै दिन परेकोले यो दिन गौतम बुद्धप्रति श्रद्धाभाव र भक्ति भाव ब्यक्त गरिन्छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  ०५:००
प्रतिक्रिया दिनुहोस्