SSI SSI
SSI SSI

प्रवासी नेपाली मञ्च (ओएनएफ) क्विन्सल्याण्ड राज्य कमिटीको अध्यक्षमा प्रेम शाही ठकुरी चयन 

आइतबार, जेठ ६, २०८१


सिड्नी ।  नेकपा एमालेको प्रवासी सुभेच्छुक संगठन  प्रवासी नेपाली मञ्च (ओएनएफ) क्विन्सल्याण्डको यहि मे १८ तारिख शनिवार ब्रिसबेनको स्थानिय फिच गिबन सामुदायिक सभाहलमा सम्पन्न पाँचौं अधिबेशनले प्रेम शाही ठकुरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा बिमल पान्डे, सचिबमा सुरेश बोगटी, सह- सचिवमा मधुसुदन देवकोटा, आर्थिक विभाग प्रमुखमा  दिपक बोहोरालाई चयन गरेको सो सस्थाले जनाएको छ । यसैगरी सदस्यहरुमा रोनिन जंङ शाही, अश्मिता क्षेत्री,रुपेश लामा, सुरत देवकोटा, आशिक खड्का,दिपक बस्याल, सन्देश शुबेदी, नवराज धिताल, रविना निरौला, निरोज सापकोटा, धुर्व लम्साल , अमृत सिंग ठकुरी, पासाङ बोगटी, राजु श्रेष्ठ, डिल्ली उपाध्याय, विपिन सुवेदी, बिभुष्ण अधिकारी र शम्भु धिमिरे चयन भएका छन् । कार्यसमितिको सबै पदहरुमा सर्वसम्मत चयन भएको हो ।  

अधिवेशनको उद्घाटन गर्दै प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीका उपाध्यक्ष रमेश पाण्डेले समृद्ध नेपाल निर्माणको अभियानमा विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकीकृत गराउन प्रवासी नेपाली मञ्च सक्रिय रहेको बताए । उनले संगठनलाई सुदृढ र संगठित बनाउन सबैले आ आफ्नो तहबाट योगदान पुर्याउनुपर्नेमा जोड दिए । निवर्तमान अध्यक्ष रमेश पाण्डेको सभापतित्व सम्पन्न सो कार्यक्रममा  ओएनएफ ओशियाना अध्यक्ष राजु उपाध्याय , उपाध्यक्ष रमेश पौडेल , ओएनएफ अष्ट्रेलियाका अध्यक्ष केशव जोशी, ओएनएफ एनएसडब्लु अध्यक्ष सुर्य मोहन शर्मा, लगायतका बक्ताहरुले शुभकामना मन्तब्य राख्दै यहाँको  नेपाली समुदाय र मातृभूमिको हितमा सहयोगी हुन ओएनएफमा संगठित हुन आग्रह गरे । 


नेपाल न्यूजसँग कुरागर्दै नव निर्वाचित अध्यक्ष प्रेम शाही ठकुरीले संगठनलाई अझ चुस्त र संगठित बनाउदै नेपाली समुदायको सुख दुखको भरपर्दो साथी बनाउन कार्यसमितिले सक्दो प्रयास गर्ने बताए ।  उनले  सामाजिक कार्य र कल्याणकारी कार्यमा सकारात्मक परिणाम देखिने गरि संगठनले काम गर्ने प्रतिबद्दता जनाए । 

 कार्यक्रममा ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका सल्लाहकार भवानी ओली, सदस्यहरु शिशिर नेपाल र विजय फुयाल तथा स्थानिय संघ सस्थाका प्रतिनिधि तथा सुभेच्छुकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १७:५१
प्रतिक्रिया दिनुहोस्