SSI SSI
SSI SSI

सिड्नीमा नयाको भेटघाट तथा बार्बिक्यु कार्यक्रम सम्पन्न 

आइतबार, जेठ ६, २०८१

 

सिड्नी ।  नया नेप्लिज अष्ट्रेलियन युथ एसोसियसन ( नया ) ले नेपाली नयाँ बर्ष २०८१ ओ अवसरमा भेटघाट तथा बार्बिक्यु कार्यक्रम गरेको छ । यही मे १८ तारिख शनिबार सिड्नीको एसफ़िल्ड पार्कमा सम्पन्न सो कार्यक्रममा सिड्नीमा रहेका नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा सस्थाका आजीवन सदस्य तथा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेललाई सम्मान पत्रद्वारा सम्मान गरियो । 


सो अवसरमा सस्थालाई यहाँसम्म ल्याई पुर्याउन र सस्थाको उद्देस्य प्राप्तिका लागि महत्वपुर्ण भूमिका र योगदान गरे बापत  सस्थाका पुर्व अध्यक्षहरु कोमलराज पाठक ,प्रकास खरेल र प्रकाश अर्याल तथा सस्थाका आजीवन सदस्य एबम् युवा ब्यबसायी लक्ष्मण सापकोटा र शेखर तिवारीलाई खादा ओढाएर सम्मान गरिएको थियो ।  कार्यक्रममा  सम्मानित व्यक्तित्व एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले अष्ट्रेलियामा रहेका नेपालीहरुको सुख दुखको साथि बन्दै आएको नयाले आफ्नो उद्देस्य र लक्ष प्राप्तिको लागि अगाडि बढाउने  सामाजिक र कल्याणकारी कार्यमा आफ्नो सधै साथ् र सहयोग रहने प्रतिबद्दता ब्यक्त गरे । 


एनआरएनए अष्ट्रेलियाका सस्थापक अध्यक्ष मन के सीले सामाजिक कामका लागि नेपाली समुदाय एक साथ अगाडि  बढ्नुपर्नेमा जोड दिदै हाम्रो एकता नै हाम्रो समाजको बल हो यसलाई बढाउदै र जोगाउदै सामाजिक कार्यमा लाग्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष सुरेश गुरुङ ,जनसम्पर्क समितिका अष्ट्रेलियाका सस्थापक दिनेशराज जोशी , एन आर एन ए का अभियन्ता दिनेश पोखरेल ,सस्थाका पुर्व अध्यक्ष कोमलराज पाठक लगायतका बक्ताहरुले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रम आयोजक सस्थाका अध्यक्ष निजन चौलागाईको सभापतित्वमा सम्पन्न भएको थियो । 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १२:१३
प्रतिक्रिया दिनुहोस्