SSI SSI
SSI SSI

साहित्यकार भवानी घिमिरेको सम्झनामा क्यानबेरामा साहित्यिक कार्यक्रम सम्पन्न

आइतबार, जेठ ६, २०८१

सिड्नी ।  वरिष्ठ साहित्यिक पत्रकार एवं कवि भवानी घिमिरेको सम्झनामा अष्ट्रेलियाको राजधानी क्यानबेरामा मे १८ तारिख शनिवार  एक साहित्यिक कार्यक्रम गरियो । 
 भानु परिवारद्धारा आयोजना तथा कवि भवानी घिमिरेको छोरी साहित्यकार महत्ता घिमिरे चापागाईंको संयोजनमा क्यानबेरास्थित नेपाली राजदूतको निवासमा सम्पन्न सो कार्यक्रममा  अस्ट्रेलियाका लागि नेपालका राजदूत  कैलाशराज पोखरेलले नेपालको साहित्यिक क्षेत्रमा साहित्यकार  घिमिरेको योगदान बिशिस्ट रहेको बताए । राजदूत   पोखरेलले २०३६ सालको सडक कविता क्रान्तिको अगुवा, साहित्यिक प्रकाशन संघका संस्थापक अध्यक्ष, २०४० सालको भोक कविता आन्दोलनका नेतृत्वकर्ता भवानी घिमिरेको योगदानलाई चिरस्थायी राख्न भानु परिवारले खेलेको भूमिका प्रसंसनिय रहेको उल्लेख गरे । 


कार्यक्रममा  प्राध्यापक  डा. गार्गि शर्माले भावनी घिमिरेलाई स्मरण गर्दै साना ठूला सबैलाई गर्ने व्यवहार र हार्दिकता लाई आफुले कहिल्यै बिर्सन नसक्ने बताउदै  भवानी घिमिरेको साहित्यिक पत्रकारिताको चर्चा र प्रशंशा गरिन । गजलकार  ज्ञानु वाकर पौडेलले भवानी घिमिरेको सम्झना गर्दै उहाँको राजनीतिक पक्ष र साहित्यिक पाटो दुबै ससक्त रहेको र भवानी दाई कै कारणले आफु आज यो मंचमा उभिन सकेको उल्लेख गरे । कार्यक्रममा भवानी घिमिरेकी छोरी महत्ता घिमिरेले स्वागत मन्तव्य दिदै घिमिरेप्रति सद्धा व्यक्त गरि “बुवा” कविता वाचन गरेकी थिईन । 


 भानु परिवार नेपालकी प्रकाशक शिवानी घिमिरेले आफनो पतिको साहित्यिक यात्रा साहित्यक प्रेम चर्चा गर्दै उहॅाका रोचक संस्मरण सुनाएकी थिइन् । उनले यस्ता कार्यक्रमहरुले नेपाली भाषा र साहित्यलाई दोस्रो पुस्तालाई हस्तान्तरण गर्न ठूलो मद्दत पुग्ने बिस्वास व्यक्त गरिन ।
सो अवसरमा “भानु पत्रकारिता सम्मान” अस्ट्रेलियामा रहेर  नेपाली भाषा तथा साहित्यको क्षेत्रमा काम गरेको भन्दै भानु भवानी पत्रकारिता पुरस्कार २०८०  रेडियो पत्रकार  प्रदिप तिमल्सिना र  २०८१ अभिषेक खड्कालाई प्रदान गरियो । सम्मानित व्यक्तित्वहरुलाई राजदुत  कैलाशराज पोखरेल र भानुका प्रकाशक शिवानीले ढाका टोपि, र खादा लगाएर सम्मान पत्र समेत प्रदान गरियो ।
कार्यक्रममा  साहित्यकार बसुधा नेपाल पोखरेल, प्रकाश सापकोटा, तुलसा पाण्डे, मनोज रेग्मी, यज्ञ अधिकारी, प्रकाश लुइटेल, किशोर भण्डारी, राजु अर्याल लगायतका सर्जकहरुले कविता, गजल, मुक्तक वाचन गरेका थिए । बासु चापागाईं द्वारा संचालित सो कार्यक्रमको सभापतित्व   भानुका  संरक्षक, प्रकाशक श्रीमती शिवानी भट्टराई घिमिरेको सभापतित्वमा सम्पन्न सो साहित्यिक कार्यक्रमको संचालन बासु चापागाईंले गरेका थिए । 

सो अवसरमा  भानुका प्रधान संपादक डा. राम प्रसाद ज्ञवालीद्वारा तयार पारिएको भवानी घिमिरेको लगनशिलता, उदारता, उहॅासॅगको सामिप्यता लगायत विविध पक्षहरूलाई समेटेर भिडियो तयार पारिएको श्रब्य दृश्य देखाईएको थियो । कार्यक्रममा साहित्यिक प्रेमिहरूको  उपस्थिति हुनुका साथै समाजमा अग्रजहरू डा. कृष्ण हमाल, डा. विनोद उप्रेती, प्रकाश प्रसाइ, दत्त कडेल, सनातन समाज अस्ट्रेलियाका अध्यक्ष सन्तोष मल्ल,  NRNR ACT संयोजक विक्रम सुवेदी, अभिषेक उप्रेती, राजन ढुन्गेल, जिवन राणा, आदर्शजंग पाण्डे,  सुवास सुवेदी, ललित मल्ल, कलम खड्का लगायतको  उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  ११:१७
प्रतिक्रिया दिनुहोस्