SSI SSI
SSI SSI

नयाले सिड्नीमा आफ्नो ११ औ बार्षिकोत्सव मनाउदै 

बुधबार, जेठ २, २०८१


सिड्नी । नेपाली अष्ट्रेलियन युथ एसोसियसनले आफ्नो स्थापनाको अवसर पारेर यहि मे १८ तारिख शनिवार ११ औ बार्षिकोत्सव मनाउने भएको छ । सिड्नीको एस्फ़िल्ड पार्कमा हुने सो कार्यक्रममा नेपाली समुदायका विभिन्न सामाजिक सस्थाका प्रतिनिधिहरु ,सस्थाका शुभेच्छुकहरु लगायत सिड्नीमा बसोबास गरिरहेका नेपालीहरुको  सहभागिता रहने बताइएको छ ।

 कार्यक्रमका बारेमा नेपाल न्यूजसंग कुरागर्दै सस्थाका अध्यक्ष निजन चौलागाईले नयाँलाई यो उचाईमा ल्याईपुर्याउन अष्ट्रेलियाको नेपाली समुदायको ठुलो योगदान रहेको बताए ।  उनले सस्थाको लक्ष र उद्देस्य प्राप्तिको लागि आगामी दिनमा पनि यहाको नेपाली सामाजिक सस्था र समुदायको साथ र सहयोग  रहने बिस्वास व्यक्त गरे । उनले भेटघाट र बार्बिक्यु सहित समुदायबीच अन्तरक्रिया हुने यो कार्यक्रममा सक्रिय सहभागिता जनाउन सबै संग अनुरोध समेत गरेका छन् । सन् २०१३ मा स्थापना भएको यो सस्थाले खेलकुदको अलवा विभिन्न सामाजिक एबम कल्याणकारी कार्यहरु गर्दै आएको छ । 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १७:४४
प्रतिक्रिया दिनुहोस्