SSI SSI
SSI SSI

 भानु परिवारको आयोजनामा क्यानबेरामा साहित्यिक कार्यक्रम हुने

आइतबार, वैशाख ३०, २०८१


सिड्नी ।   भानु परिवार क्यानबेराको आयोजनामा अष्ट्रेलियाको राजधानी क्यानबेरामा साहित्यिक कार्यक्रम हुने भएको छ । वरिष्ठ साहित्यिक पत्रकार एवम् कवि भवानि घिमिरेको सम्झनामा हुने सो कार्यक्रम अष्ट्रेलियाका लागि नेपालका राजदुत कैलाशराज पोखरेलको प्रमुख  आतिथ्यतामा सम्पन्न हुने आयोजक सस्थाले जनाएको छ । यहि मे १८ तारिख शनिवार बिहान ११ बजे क्यानबेरा स्थित नेपाली राजदुत निवास  6 Mialli Place, O'malley मा हुने सो साहित्यिक कार्यक्रममा सम्पूर्ण साहित्यअनुरागी महानुभावहरूलाई हार्दिक निमन्त्रणा गरिएको छ ।  

मुटुमा नेपाली साहित्य लाई सजाउदै कविता, कथा, निवन्ध र दर्जनौ विशेषाकं प्रकाशन गरेर आफ्नो सम्पुर्ण जीवन नेपाली साहित्यको श्रीबृद्धिमा समर्पण  गरेका भवानि घिमिरेले सडक कविका क्रान्तिका अभियन्ताका साथ साथै साहित्यक पत्रकार संघका संस्थापक अध्यक्षको जिम्वेवारी निर्वाह गरेका थिए ।  
कार्यक्रमको बारेमा थप जानकारी चाहिएमा महत्ता घिमिरे चापागाई ०४५१६३१७५७ र वासु चापागाई लाई ०४४९७३५००८ मा सम्पर्क गर्न सकिने छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १०:१३
प्रतिक्रिया दिनुहोस्