SSI SSI
SSI SSI

सिड्नीमा २१० औ भानु जयन्ती मनाईदै 

आइतबार, वैशाख ३०, २०८१



सिड्नी । आदिकवि भानुभक्त आचार्यको २१० औ जन्मजयन्तिको अवसरमा नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान सिड्नीले आगामी जुन १५ तारिख शनिवार  विशेस कार्यक्रम गर्ने भएको छ । तनहुँ समाज अष्ट्रेलियाको सहकार्यमा हुने सो साहित्यिक कार्यक्रममा कविता ,मुक्तक र गजल बाचनको अलवा गीत संगीत र नृत्य प्रस्तुत हुने तनहुँ समाज  अष्ट्रेलियाका अध्यक्ष मेघराज पौडेलले बताए ।

 कार्यक्रमका बारेमा नेपाल न्यूज अष्ट्रेलियासंग कुरागर्दै अध्यक्ष पौडेलले प्रवासमा बसेर नेपाली कला सस्कृतिको श्रीवृद्धिमा योगदान पुर्याउने दुई जनालाई भानु पुरस्कारबाट सम्मान गरिने र यहाँ जन्मे हुर्केका नेपाली मुलका नयाँ पुस्ताका बच्चाहरुलाई राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको योगदानका बारेमा  जानकारी गराईने बताए । 
ग्र्यानाभिल स्थित १२ गुड स्ट्रिटमा हुने सो साहित्यिक कार्यक्रममा उपस्थित हुन सिड्नीमा बसोबास गरेका साहित्यिक अनुरागीहरुलाई आयोजक सस्थाले अनुरोध गरेको छ । कार्यक्रमको बारेमा थप जानकारी चाहिएमा कल्याणी बर्तौला ०४५१४२८५६७,रेखा भट्ट ०४१४९३६३७५ र भुषण रोक्का ०४२२१९२२७३ मा सम्पर्क गर्न सकिनेछ ।  

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ०६:४४
प्रतिक्रिया दिनुहोस्