SSI SSI
SSI SSI

क्यानबेरामा संसद डेभिड स्मिथसंग नेपाली समुदायको भेट 

आइतबार, वैशाख ३०, २०८१


सिड्नी ।  अष्ट्रेलियन क्यापिटल टेरिटोरी ( एसिटी ) मा क्रियासिल विभिन्न नेपाली संघ सस्थाका प्रतिनिधिहरु र अष्ट्रेलियाका संघिय संसद डेभिड स्मिथसँग भेट क्यानबेरामा उनको कार्यकक्षमा भेटघाट भएको छ । यहि मे १० तारिख शुक्रवार सम्पन्न सो भेटका अवसरमा विशेष गरी क्यानबेरामा नेपाली समुदायद्वारा बनाउन लागिएको नेपाली मन्दिर र सांस्कृतिक केन्द्र लाई आवस्यक पर्ने जग्गा , नेपाली भाषा विद्यालय सञ्चालन समुदायमा खेलकुद विकास र नेपाली कला र संस्कृतिको प्रबर्धनका लागि सरकारी तहबाट गर्नुपर्ने साथ र  सहयोग का बारेमा छलफल भएको थियो । 


नेपाल न्यूजसंग कुरागर्दै फेडेरेसन अफ नेप्लिज कम्युनिटी एसोसियसन अष्ट्रेलिया (FeNCAA) का प्याट्र्योन काउन्सिल  अध्यक्ष डा.कृष्ण हमालले छलफलमा उठेका बिषयमा संसद स्मिथ सकारात्मक रहेको र नेपाली समुदायको लागि सक्दो साथ र सहयोग जुटाउन आफु तत्पर रहेको सांसद स्मिथले आफुहरुलाई जानकारी गराएको बताए ।  हमालले भने - क्यानाबेराको नेपाली समुदायले अगाडी बढाएको सामाजिक एबम् कल्याणकारी कार्य र परियोजनालाई सफल बनाउन सबै नेपाली सामुदायिक संघ सस्थाहरु र समुदायका सबै सदस्यहरु जुरुक्क उठ्नु पर्ने बेला आएको छ । 
सो भेटघाटमा  गैर आवासीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष विक्रम सुवेदी , सचिव, सनातन समाज अष्ट्रेलियाका सचिब बासु चापागाई,अष्ट्रेलिया-नेपाल मैत्री सोभिएटीका अध्यक्ष आशिष देवकोटा, क्यानबेरा नेपाली फुटबल क्लबका प्रतिनिधि सुरज पौडेल, नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान क्यानबेराका अध्यक्ष  यज्ञ अधिकारी र क्यानबेरा नेपाली भलिबल क्लबका अध्यक्ष युवराज खनिया लगायतको सहभागिता रहेको थियो । 


 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ०६:१५
प्रतिक्रिया दिनुहोस्