सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
सिद्धान्तको महत्व
कुनै पनि धर्म कुनै न कुनै सिद्धान्तको आधारमा खडा भएको हुन्छ। त्यो सिद्धान्तले साक्षात्कार गर्ने कुरालाई define गर्छ र त्यहि सिद्धान्तमा आधार राखेर त्यो खोजेको कुरालाई कसरी साक्षात्कार गर्ने/प्राप्त गर्ने भन्ने शिक्षा सिकाइन्छ । यहि शिक्षालाई path भनिन्छ। Path/बाटो अरू केहि होइन, प्राप्त गर्न खोजेको कुरा कसरी प्राप्त गर्ने भन्ने कुराको road map जस्तो हो। त्यो road map/नक्शा भगवान बुद्धले कोरी दिनु भएको छ र यो road map चार लक्षणहरू/सत्य/तथ्य (4 Seals/Characteristic) मा आधारित छन् । यी लक्षणहरू भगवान बुद्धले बताउनु भएको हो। हामीले आफ्नो तर्फबाट थपेको होइन। ती चार लक्षणहरू/सत्यहरू के हुन्?
ती हुन्।
१. हेतु र प्रत्ययमा आश्रित हरेक कुरा अनित्य हुन्छन् । २. राग, द्वेष र मोह मिसिएका सबै कुरा दु:खदायि हुन्छन् । ३. सॅंसारका सबै कुरा अनात्मा (स्वभाव शून्य) हुन्छन् । ४. निर्वाण सबै प्रपञ्चबाट पर रहेको अवस्था हो ।
भगवान बुद्धले बेदका कुरानै पढाउनु भएको हो, कुनै नौलो कुरा पढाउनु भएको होइन, भगवान बुद्ध विष्णुका अवतारनै हुन् जस्ता कुरा हावा हुन्। कसरी?
आत्माजस्ता जति पनि अवधारणाहरू छन् तिनले तेस्रो लक्षणलाई मान्दैनन्, त्यहि भएर बैदिक-हिन्दुहरूले साक्षात्कार गर्ने जतिपनि तरीकाहरू छन् तिनिहरूले भगवान बुद्धले बताउनु भएको साक्षात्कार गराउदैनन् । यहि कारणले नै भगवान बुद्धले बेदमा भएको कुरा पढाउनु भएको हो भन्ने कुरा हावा मन गढ्न्त कुरा मात्र हुन् भनेर प्रमाणित गरिदिन्छ ।
आत्मा सम्बन्धि कस्ता कस्ता अवधारणाहरू छन्? हिन्दुहरूको सिद्धान्त अनुसार आत्माको परिभाषा सत् चित् आनन्द हो ।
सत् भनेको सधै रहने, परिवर्तन नहुने, स्वतन्त्र, तटस्थ, कसैमा आश्रित नभएको हो ।
चेतन शिल भनेको बेहोशि अवस्थामा नभएको हो ।
आनन्द त सबैलाई थाहानै छ ।
बैदिक-हिन्दुहरूको पुरा शिक्षा यहि परिभाषा/सिद्धान्तमा आधार राखेर बनाइएको हुन्छ। भगवान बुद्धले यो आत्मा सम्बन्धि अवधारणालाई मिथ्या दृष्टि, भवसागरमा फसाई राख्ने मुल अज्ञानता भनेर बताउनु भएको छ र बौद्ध हिन्दु बिच जतिपनि शास्त्रार्थ गरिएको छ यहि pointलाई खण्डन गर्नको लागि भएको छ। यी खण्डन/मण्डनको बारेमा नेपाली अनभिज्ञ रहेको देखिन्छ त्यहि भएर आस्थामा ठेस लागेको/समाज फुटाउने/पश्चिमा जस्ता रोइलो शुरू गर्छन् ।
आलोचनात्मक विश्लेषण (Critical Analysis) र बहु आयामिक हेराई (Holistic View)को महत्व
जन्मिए देखि हामीलाई आफु भित्र त्यस्तो केहि छ जस्ले बाहिरका बस्तु देख्छ, अनुभव गर्छ, खुशि हुन्छ, दुखि हुन्छ, कपडा फेरे जस्तो शरीर फेर्छ भन्ने भान भएको हुन्छ। यो कुरा हामीलाई कसैले सिकाउननै पर्दैन, अनादि काल देखिनै चित्तमा बानि/छाप/सस्कारको रूपमा यो सोच बसेको छ। यहि बानिले गर्दा हामी सोच्नपनि सक्दैनौ कि त्यहा "म" भन्ने केहि छैन, मात्र छ त मेरो भन्ने बानि। एकोहोरो हेर्ने बानि जो परेको छ हामीलाई ।
बौद्ध अभ्यासमा आलोचनात्मक विश्लेषण (critical analysis) गरेर चारै तिरबाट (Holistically) अनुसन्धान गर्ने काम गरिन्छ। यसरी खोज्दा सबै कुरा मेरो भनेर भेटिन्छ तर त्यो "म" रूपि आत्मा भेटिदैन। भए पो भेटिनु। खरायोको टाउकोमा सिंग खोजेरपनि भेटिन्छ र ?
शरीरलाई टुक्राटुक्रा पार्नुस्, चित्तलाई पनि अलग्याउनुस्, सबै मेरो हात, मेरा खुट्टा, मेरो मन, मेरो अनुभव, मेरो यो मेरो मेरो त्यो जस्ता कुराहरू मात्र भेटिन्छ तर त्यो कुरा जुन् "सत् चित् आनन्द" छ कहि भेटिदैन । कुनै पनि कुरा लिनुस् र त्यस्लाई टुक्राउनुस् र त्यो चिजलाई खोज्नुस्, सबै कुरा भेटिन्छ तर त्यो खोजेको कुरा भेटिदैन। यहि नभेटिने कुरा छ भनेर गरिने विश्वासलाई नै मिथ्यादृष्टि भनिन्छ, बौद्ध धर्ममा ।
आत्मा सम्बन्धि मिथ्या दृष्टिका तहहरू
मिथ्या दृष्टिकापनि तह हुन्छन् । भद्दा तहको मिथ्या दृष्टिलाई वैभाषिका र सौत्रान्तिका ले deal गर्न सक्छन् तर सुक्ष्म तहको आत्मा सम्बन्धि मिथ्या दृष्टिलाई चित्तमात्र र माध्यमिकाले मात्र deal गर्न सक्छन् । यहि आधारमानै यी चार सैद्धान्तिक समुहहरूलाई वैभाषिका, सौत्रान्तिका, चित्तमात्र, माध्यमिका भनेर छुट्याइएको हो । हामी पृथकजनमा भद्दा मिथ्या दृष्टिनै हटेको हुदैन सुक्ष्मकहाबाट हट्नु। त्यहि भएर नव शिकारूहरूलाई बुझाउन भगवान बुद्धले वैभाषिकाको शिक्षा दिनु भएको हो ताकि तिनिहरूमा विस्तारै माध्यमिकाको शिक्षा बुझ्ने क्षमताको विकास होस् । बच्चालाई लिटो खुवाएर ठोस खाने बानि बसाले जस्तै हो ।
भवतु सर्व मॅंगलम्
( बबिता गैह्रे फेसबुकबाट साभार )