SSI SSI
SSI SSI

 नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाको अधिबेशन सम्पन्न 

आइतबार, वैशाख २३, २०८१

सिड्नी ।  नेकपा माओबादी केन्द्रको सुभेच्छुक सस्था नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाको हिजो (मे ४. तारिख. शनिवार ) क्यानबेरामा सम्पन्न छैठौ अधिबेशन अधिवेशनले दिपक पाण्डेको अध्यक्षतामा ३५ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले नयाँ कार्यसमिति उपाध्यक्षहरुमा बाबु गौतम, गौतम लामिछाने, राजन नेपाल र आविष्कार पाण्डे चयन गरेको छ भने महासचिवमा प्रतीक पोखरेल, सचिवहरुमा खिम भण्डारी, मायाप्रसाद सुवाल र अशोक ढुंगेललाई चयन गर्यो । त्यसैगरी  कोषाध्यक्षमा सुमन न्यौपाने र सहकोषाध्यक्षमा सन्तोष कँडेललाई चयन गरिएको सो सस्थाले जनाएको छ । 

अष्ट्रेलियाको विभिन्न ७ राज्यमा सम्पन्न अधिवेशनबाट छानिएर आएका प्रतिनिधिहरु को सक्रिय सहभागिताबाट नेपाली जनप्रगतिशील मञ्च अस्ट्रेलियाको केन्द्रीय अधिवेशन सम्पन्न भएको हो । अधिबेशनको उद्घाटन गर्दै माओवादी केन्द्र प्रवास इन्चार्ज राम कार्कीले सस्थालाई प्रवासी नेपालीहरुको दुख सुखको भरपर्दो साथि बनाउन सबैको ईमान्दार प्रयास हुनुपर्नेमा जोड दिए ।

सस्थाका अध्यक्ष  प्रविण कँडेलको अध्यक्षता सम्पन्न सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य मनऋषि धिताल, प्रवास समन्वय समितिका सचिव टीपी पाठक, ओसियाना कमिटीका संयोजक शेषमणि शेर्मा र सुनिता रेग्मीले नवनिर्वाचित कार्यसमितिलाई बधाइ ज्ञापन गरेका थिए ।कार्यक्रमको संचालन चुन्ना क्षत्रीले गरेका थिए ।


 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १५:०२
प्रतिक्रिया दिनुहोस्