SSI SSI
SSI SSI

नई एकेडेमी अष्ट्रेलियाद्वारा बाल चित्रकला आयोजना 

आइतबार, वैशाख २३, २०८१


सिड्नी । अष्ट्रेलियामा जन्मे हुर्किएका नेपाली मुलका बालबालिकाहरु लाई नेपाली ईतिहास ,कला ,सस्कृति र मौलिक परम्पराको बारेमा जानकारी र प्रोत्साहित गरि प्रवासमा यसको प्रबर्द्धन गर्ने उद्देस्यले नई एकेडेमी अष्ट्रेलिया ले  यहि मे ४ तारिख शनिवार सिड्नीमा एक दिने बाल चित्रकला प्रतियोगिता आयोजना  गर्यो । सिड्नीको सेभेन हिल्स स्थित मेडो पब्लिक स्कुल मा सम्पन्न सो बाल चित्रकला प्रतियोगितामा २६ जना बालबालिकाहरुले भाग लिएका थिए । 


प्रतियोगितामा  ५-८ , ८ - १२ र १२ देखि १६ बर्ष समुहबाट १/१ जना ( परिसा पाठक ,सम्वृद्धि आचार्य र ईभ्रम बराल) ले  उत्क्रिस्ठ स्थान हासिल गरे ।   कार्यक्रमको उद्घाटन गर्दै  एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले दोस्रो पुस्ताका नेपाली बाबुनानीहरूको लगन र कलाकारीता मार्फत् उनीहरुको व्यक्त्तिव विकास र कलाकारिताको प्रबर्धनका लागी नई एकेडेमी अष्ट्रेलियाले खेलेको भूमिका प्रसंसनिय रहेको बताए ।

कार्यक्रममा  प्राध्यापक डा गार्गी शर्मा , आयोजक सस्थाका पधाधिकारीहरु , चित्रकार कृष्ण मल्ल लगायत चित्रकला प्रेमी अभिभावक एबम विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 


 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १४:०४
प्रतिक्रिया दिनुहोस्