SSI SSI
SSI SSI

 विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

शुक्रबार, वैशाख २१, २०८१

 
“विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता” नाराका साथ आज ( मे ३ तारिख ) विश्वभर ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस मनाईदै छ ।  सन् १९९१ को अप्रिल २९ देखि मे ३ सम्म नामिवियामा समपन्न अफ्रिकी पत्रकारसँग युनेस्कोले गरेको गोष्ठीले अफ्रिकी मिडियामा बहुलवाद र स्वतन्त्रतासम्बन्धी ऐतिहासिक ‘विन्डहोक’ घोषणापत्र जारी गरेको थियो । युनेस्कोले गरेको यो प्रस्तावलाई मान्यता दिएपछि  मे ३ का दिन विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन  सुरु गरिएको हो । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९३ मा प्रेस स्वतन्त्रता समन्धि घोषणापत्र जारी गर्यो ।  मिडिया विश्वासको कर्म भएकाले यसले समाजमा विश्वासको वातावरण सिर्जना गर्न सक्नु पर्दछ । संचार क्षेत्रमा क्रियासिल पत्रकारहरुले आफ्नो ब्यबसायिक मर्यादाको दायरा भित्र रहेर समाजलाई सुचित गर्नुपर्ने खाचो अझ बढ्दै गएको छ । 

 


विश्वासमा टिक्नुपर्ने संचार क्षेत्रले अहिलेको समयमा सामाजिक संजालको बढ्दो प्रभाव र प्रयोगका कारण आफ्नो अस्थित्व जोगाउनै कठिन हुदै गएको छ । यस्तो अवस्थामा यो क्षेत्रसँग आबद्ध सबैले यसका समस्या र ती समस्याको समाधानका उपायहरु पहिल्याउनु पर्ने भएको छ । अहिलेको युग सूचना प्रविधिको युग हो नयाँ  मिडियाका कारण हरेक व्यक्ति पत्रकार जस्तो भएर प्रस्तुत हुने प्रबृत्ति हाबी हुदै गएको आजको अवस्थामा आफुलाई पत्रकार हु भनेर चिनाउन चाहनेहरु माथि थप चुनौती देखा परेको छ । यस्तो अवस्थामा पत्रकारहरु अझ बढी आफ्नो ब्यबसाय र पेशागत मर्यादालाई कायम राखेर समाचार सम्प्रेषणमा लाग्नु पर्ने देखिन्छ ।  नेपाली मुलका संचारकर्मीहरुले अष्ट्रेलियाको नेपाली समुदायको हितका लागी खेल्दै आएको भूमिका प्रसंसनिय रहदै आएको कुरालाई कसैले नकार्न सक्दैन । यहाँको संचार नीति र कानुनको पूर्ण पालना गर्दै समाचार र बिचार मार्फत नेपाली समुदायलाई सुसुचित पार्नु र समुदायलाई एकापसमा जोड्नु त्यति सजिलो पक्कै छैन । ब्यस्त दैनिकीको बावजुद पनि संचार क्षेत्रमा आफुलाई क्रियासिल राखेका नेपाली मुलका संचारकर्मीले बिकाउ भन्दा टिकाउ समाचार पस्केर समाजलाई अझ बलियो र सुसुचित पार्न सक्नु पर्दछ । 
निस्पक्ष र ब्यबसायिक पत्रकारिता गर्ने सिलशिलामा कुनै खाले अभाव ,दबाब र प्रभावबाट सबै संचारगृह र संचारकर्मीहरुले मुक्ति पाउन सकुन । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सम्पूर्ण संचारकर्मीहरुमा हार्दिक शुभकामना ।  

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १५:१३
प्रतिक्रिया दिनुहोस्