SSI SSI
SSI SSI

नयाँ बर्ष २०८१ का अवसरमा साउथ वेष्ट नेप्लिज कम्युनिटीले कार्यक्रम गर्दै 

बुधबार, वैशाख १९, २०८१


सिड्नी। नेपाली नयाँ बर्ष २०८१ को अवसर पारेर साउथ वेष्ट नेप्लिज कम्युनिटीले यहि मे ११ तारिख शनिवारका दिन भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ । कार्यक्रमका बारेमा नेपाल न्यूज संग कुरा गर्दै आयोजक सस्थाका महासचिव प्रकाश पौडेलले सिड्नीको लिपिङ्ग्टन स्थित वीलाडोले पार्कमा हुने सो कार्यक्रममा अष्ट्रेलियाका लागि नेपालका राजदुत कैलाशराज पोखरेल, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल एबम्  स्थानिय जनप्रतिनिधि नाथान म्याथ्यू हगर्टि लगायतका स्थानिय जनप्रतिनिधि तथा नेपाली संघ सस्थाका प्रतिनिधिहरुको सहभागिता रहने बताए । 


उनका अनुसार कार्यक्रममा मानसिक स्वास्थ्य समन्धि जानकारी गराईनुका साथै मनोरन्जनात्मक सागितिक कार्यक्रमहरुका साथ  बार्बिक्यू गरिने छ । कार्यक्रममा सहभागी हुन सस्थाले सबैसंग अनुरोध समेत गरेको छ ।   

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १४:११
प्रतिक्रिया दिनुहोस्