SSI SSI
SSI SSI

क्विन्सल्याण्ड  नेपाली साँस्कृतिक केन्द्रको लागि हिडौ ,पुण्य कमाऔ 

शुक्रबार, वैशाख १४, २०८१


सिड्नी ।  ‘’समुदायको लागि एकदिन ” भन्ने नाराको साथ एनआरएनए क्विन्सल्याण्ड राज्य समितिको आयोजनामा यहि अप्रिल २७ तारिख शनिवारका दिन  “Walk for Community Centre” कार्यक्रम हुने भएको छ । यस कार्यक्रमको प्रमुख उदेश्य केही घण्टा समुदाएको नाममा हिड्ने र एक आपसमा चिनजान गरि  भाईचारा र मित्रताको समबन्ध बिस्तार गर्ने अबसरको रुपमा रहेको आयोजक सस्थाले जनाएको छ । यो पुण्य कार्मका लागि नेप्लिज एसोसियसन अफ क्विन्सल्याण्ड  र क्विन्सल्याण्ड नेप्लिज कल्चरल सेन्टर को साथ र सहयोग रहने छ । अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यमा बसोबास गरेका नेपालीहरुको गौरवको योजनाको रुपमा रहेको यो साँस्कृतिक केन्द्रको निर्माणार्थ हुन लागेको यो कार्यक्रममा समाजको सबै समाजसेवी,अग्रज,बुद्धिजिबि,संघ संस्थाका प्रतिनिधि, खेल प्रेमी ,भिन्न भिन्न खेलका क्लबका प्रतिनिधि तथा खेलाडीहरु ,पत्रकार र व्यवसायीहरुलाई सक्रिय सभागीताको लागि अनुरोध समेत गरिएको छ । 

यो भेटघाट र हिडाईले केही समयको लागि भएपनि शारिरिक र मानसिकरुपमा आफुलाई ताजा राख्न उपयोग होस भन्ने उदेश्य संग संगै भर्खरै मात्र सामुदायिक भवनका लागि खरिद गरिएको जग्गामा भवन वनाउने अभियानमा सबैको एकवद्धता देखाउन र यस अभियानमा सबैको उतिकै स्वामित्व राख्नका लागी केही रकम संकलन गर्न सकियोस भन्ने पनि हो । यस अभियानबाट संकलन भएको सम्पूर्ण रकम सामुदायिक भवन सहयोगार्थ QNCC ( क्विन्सल्याण्ड  नेपाली साँस्कृतिक केन्द्र ) लाई प्रदान गरिने छ । 

नेपाल न्यूजसंग कुरा गर्दै एनआरएनए क्वीन्सल्याण्ड राज्य समितिका संयोजक शम्भु गाईसीले एनआरएनएको सिग्नेचर प्रोग्रामको रुपमा स्थापित यो कार्यक्रम यसपटक क्विन्सल्याण्ड नेपाली साँस्कृतिक केन्द्रको निर्माणार्थ सहयोग जुटाउने उद्देस्यले गरिएको बताए । एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष समेत रहेका गाईसीले भने -  सबै राज्यमा नेपाली साँस्कृतिक केन्द्र बनाउनुपर्छ भन्ने कुरा उठेको र कतिपय राज्यमा काम पनि अघि बढिसकेको बताए ।  उनले भने - यस्तो अभियान मार्फत् नेपालीलाई साँस्कृतिक केन्द्रको आवस्यकता र महत्वका बारेमा जानकारी दिन सकेमा  यो अभियानमा धेरैको साथ र सहयोग जुटाउन सकिने बिस्वास छ ।  क्वीन्सल्याण्ड नेपाली साँस्कृतिक केन्द्रको लागि क्वीन्सल्याण्डको लोगन रिजर्वमा १.५  मिलियनमा ४ हेक्टर क्षेत्रफ़लको जग्गा खरिद गरि सकिएको छ । यसका लागि एनआरएनए अष्ट्रेलियाले १० हजार डलर दिएको छ । साँस्कृतिक केन्द्र निर्माणको सहयोगार्थ तीज कार्यक्रम ,गो फ़ण्ड लगायतका कार्यक्रम हरु भै सकेका छन् । ४/६ महिनाको अवधिमा १ मिलियन संकलन भएको । कम्युनिटी सेन्टरको महत्व र आवस्यकताका बारेमा नेपालीलाई जचेतना जगाउदै जुरुक्क उठाउनु पर्ने खाचो गाईसीले औल्याए ।  
 क्विन्सल्याण्ड  नेपाली साँस्कृतिक केन्द्रका अध्यक्ष केशव शर्मा नेपाली सांस्कृतिक पर्वहरुको प्रबर्धन गर्ने उद्देस्यले केन्द्रले बिगत केहि बर्षदेखि विभिन्न नेपाली चाडपर्वहरुमा विभिन्न कार्यक्रमहरु गर्दै आएको बताउछन् । नेपाल न्यूजसंगको कुराकानीको क्रममा उनले भने - यहाँ जन्मे हुर्केका नयाँ पुस्तालाई हाम्रो सस्कृति र परम्परा अनि चाड पर्वका बारेमा जानकारी गराउदै उनीहरुलाई हाम्रो सस्कृति प्रति आकर्षित गर्न यहाँ बन्ने साँस्कृतिक केन्द्रको ठुलो योगदान रहने बिस्वास छ ।   
 अध्यक्ष  शर्माका अनुसार क्विन्सल्याण्डको लोगन रिजर्वमा ४ हेक्टर क्षेत्रफ़ल जग्गा खरिद गरेर  साँस्कृतिक केन्द्रको निर्माणको लागि आवस्यक प्रक्रियाहरु अन्तिम चरणमा पुगेको छ । केन्द्रमा पशुपतिनाथ  मन्दिर , बौद्ध स्तुपा ,करिव २ सय क्षमताको कम्युनिटी हल ,पुस्तकालयको साथ साथै पर्याप्त पार्किङ्ग र सौचालयको ब्यबस्था गरिने छ ।  क्विन्सल्याण्डमा नेपाली सामुदायिक केन्द्र बनाउने बिषयमा धेरै बर्षदेखि छलफल हुदै आएपनि सन् २०१७ मा सस्था दर्ता गरेपछि भने यस अभियानले गति लिएको शर्मा बताउछन् । उनले भने - अब हामी क्वीन्सल्याण्ड नेपाली साँस्कृतिक केन्द्र निर्माणको महत्वपूर्ण  चरणमा छौ ,यहासम्म आइपुग्न धेरैको साथ र सहयोग हामीले प्राप्त गरेका छौ ।

 यसमा सकेसम्म धेरैको अपनत्व कायम गराउन आफुहरुले ईमान्दाए प्रयास गरेको र त्यसमा नेपाली समुदायको साथ पाएको महसुस हामीले गरेका छौ ।  सबैभन्दा महत्वपूर्ण पाटोको रुपमा रहेको आर्थिक सङ्कलन कार्य लाई प्रभावकारी बनाउन सस्थाको आजीवन सदस्यताको प्राबधान राखिएको र त्यसमा ६ सय जना आजीवन सदस्य बने ।  आजीवन सदस्य शुल्क ( एक जनाको १००० र दुइ जनाको १५०० डलर )  तथा व्यक्तिगत रुपले गरेको सहयोग नै महत्वपूर्ण कडीको रुपमा रहेको छ ।  ३ महिनाको अवधिमा१ मिलियन जम्मा गर्रियो   धेरैको साथ् रह्यो । साँस्कृतिक केन्द्रको लागि व्यक्तिगत रुपमा क्विन्सफोर्ड कलेज संग आबद्ध ब्यबसायी हरुले २ लाख डलर प्रदान गरेका छन् । त्यसैगरी ब्रिसबेनका शैक्षिक परामर्शदाता सागर अर्यालले १ लाख डलर दान गरेका छन् । 

हामी जहा जसरी रहे पनि हाम्रो संस्कृतिको सम्झनाभोलि यहि अप्रिल २७ तारिख शनिवार बिहान J.C SLAUGHTER FALLS मा बिहान ७.३० मा सुरु हुने सो वाक कार्यक्रम बिहान ११ बजे सम्पन्न हुनेछ । वाकको लागि  करिव २ सय जनाले सहभागिता रहने बताईएको छ ।  

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १७:५४
प्रतिक्रिया दिनुहोस्