SSI SSI
SSI SSI

सिड्नीको बरुडमा तीज महोत्सब हुने 


सिड्नी ।  हरितालिका तीजको अवसरमा नेपाली हिन्दु समाज अष्ट्रेलियाको आयोजनामा  यसवर्ष पनि सिड्नीको  बरुड पार्कमा यहि सेप्टेम्बर १८ तारिख सोमबार हरितालिका तीज महोत्सव कार्यक्रम गर्दैछ । 
महोत्सव स्थल बरुड पार्कमा  आराध्यदेव पशुपतीनाथ भगवानको मन्दिर स्थापना  गर्ने काम अन्तिम चरणमा पुगेको समाजका अध्यक्ष लक्ष्मी बास्ताकोटिले नेपाल न्युजसंगको कुराकानीको क्रममा जानकारी दिइन । 
बास्ताकोटिका अनुसार पशुपतिनाथ मन्दिरमा गरिने सन्ध्याकालीन आरतिको झल्को मेटाउने गरि भक्तजनहरुलाई  मन्दिरमा  विहान ९ बजेदेखि साँझ ७ बजेसम्म विषेश रुद्राभिषेक, मध्यान्न आरती, विल्वपत्र तथा दुधद्वारा शिवार्चन गरी प्रत्यक्ष सन्ध्या गंगा आरतीको ब्यबस्था गरिएको छ । 
महोत्सबमा  ख्याति प्राप्त कलाकारहरु कोमल ओली र गौरी मल्ल लगायत स्थानिय कलाकारहरुबाट सांस्कृतिक नाचगानको प्रस्तुति समेत हुने छ ।  
आराध्यदेब  भगवानको पूजाको लागि ईच्छुक श्रदालु भक्तजनहरुको सुबिधाको लागि सम्पूर्ण सामग्री सहितको पूजा थाली पनि उपलब्ध गराइने छ । महोत्सबमा साकाहारी भोजनको र मुख्यमुख्य स्पोन्सरको स्टल राखिने छ । महोत्सबमा सहभागीहुनेले तात्तातो जेरीको स्वाद समेत लिन सकिनेछ ।  महोत्सवमा हुने  सांस्कृतिक कार्यक्रमको ब्यबस्थापनको जिम्मेवारी  उषा पोखरेल र संगीता चापागाईं लाई दिईएको छ भने  पुजा र मन्दिरको ब्यबस्थापन  हिन्दु समाजले लिएको छ । बिगतका वर्ष हरुमा भन्दा यसपटक  श्रदालु भक्तजनहरुको उपस्थिति बढी हुने आयोजक सस्थाले बताएको छ । प्रवासमा रहेर पनि हाम्रो धर्म सस्कृति परम्परा र रितिरिवाजको प्रबर्धन गर्न सस्थागत र व्यक्तिगत रुपले सक्रिय  सबैलाई महोत्सवमा सहभागी भैदिन आयोजक सस्थाले अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १४:१०
प्रतिक्रिया दिनुहोस्