SSI SSI
SSI SSI

"सधैं देख्ने सपनाको’ म्युजिक भिडियो सार्बजनिक 

मंगलबार, वैशाख ११, २०८१


सिड्नी । क्यानाडामा रहेर पनि नेपाली गित संगीतमा सक्रिय प्रमिला बस्नेतको शब्द रहेको "सधैं देख्ने सपनाको’ म्युजिक भिडियो हालै सार्बजनिक भएको छ । म्युजिक भिडियोमा  नेपाली सुगम संगीतमा दक्खल गायिका संगीता चौधरीको स्वर रहेको छ ।
 प्रेमील जोडि विचको भावनात्मक प्रेम प्रंसग र समन्धलाई उजागर गरिएको यो गीतमा  राजेश थापाले  संगीत भरेका छन् भने साहस शाक्यले एरेन्ज गरेका छन् । 



जिन्दगीको यात्रा भरि आफनो प्रेमीलाई जीवन पर्यान्त आफ्नै साथमा राख्ने भावनालाई  गित मार्फत् व्यक्त गरिएको छ ।  म्युजिक भिडियोको छायाँकन , सम्पादन र निर्देशन मिराज अर्यालले गरेका हुन् ।

भिडियो हेर्नको लागी https://www.youtube.com/embed/4yIRea2IXOA?si=_7FoxNN11zzaph6- 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ०७:०२
प्रतिक्रिया दिनुहोस्