SSI SSI
SSI SSI

जनताको बलिदान र संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र बलियो बनाउनु हाम्रो साझा दायित्व  - राष्ट्रपति रामचन्द्र पौडेल

सोमबार, वैशाख ३, २०८१



तनहुँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले  नेपालको  शासन व्यवस्थाले परिकल्पना गरेको लक्ष्य साकार बनाउन जनताको आकांक्षा र आवश्यकता पूरा गर्न स्थानीय सरकार र जनप्रतिनिधि सक्षम हुनुपर्नेमा जोड दिनु भएको छ ।   

तनहुँको म्याग्दे गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको आज अप्रिल १५ तारिख सोमवार समुदघाटन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले  झन्झटिलो प्रशासनिक प्रक्रिया, भ्रष्टाचार, ढिलासुस्ती र राजनीतिक अस्थिरता विकासको वाधक भएको स्पष्ट पार्नुभयो । राष्ट्रपति पाैडेलले  “सुशासन र सुदृढ व्यवस्थापनका माध्यमबाट यसको चिरफार र शल्यक्रिया गरी व्यवस्था फेरिएपनि अवस्था फेरिएन भन्नेहरूका लागि एकातिर विकासको गतिलााई तीव्रता दिनुछ भने अर्कातिर जनताको बलिदान र संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र बलियो बनाउनु हाम्रो साझा दायित्व बनेको उल्लेख गर्नुभयो  ।   कर्म गर्न र  निराश नहुन आम नागरिकलाई अपिल गर्दै विस्तारै विकासका सम्भावनाहरूले देश प्रगतिको बाटोमा अघि बढिरहेकोमा विश्वस्त हुन आग्रह गर्दै  राष्ट्रपति पौडेलले   निराश नभई  अपार संभावना बोकेको नेपालको बिकाशलाई सहि बाटोबाट अगाडी बढाउनु पर्ने खाचो औल्याउनु भयो । उहाले बन्दै गरेको सेती जलाशय परियोजना, अवको योजनामा रहेको तल्लो सेती हाइड्रो, स्तरोन्नति हुँदै गरेको पृथ्वीराजमार्गलगायतका पूर्वाधारले विसतारै  सबैतिरबाट सुविधा थपिदै गएको र गिरिजाप्रसाद स्वाश्प्रश्वास केन्द्रलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गरिने बताउनुभयो । 

नेपालको संवैधानिक व्यवस्थाअनुसार स्थापित संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको  महत्वपूर्ण संरचना र आधारस्तम्भका रुपमा रहेका स्थानीय तहहरू हाम्रो जनताका आकांक्षा पुरा गर्ने सरकार अर्थात सिंहदरबार हुन् भन्दै  राष्ट्रपति रामचन्द्र पौडेलले विगतमा सिंहरबारमा केन्द्रीकृत शासनप्रणालीलाई विकेन्द्रीत गरी जनताको घरदैलोमा सेवा सुविधा दिने र जनताका दैनिक कार्यसम्पादनलाई सहज, सरल र प्रभावकारी ढंगले पूरा गर्ने स्थानीय निकाय हाम्रो शासन प्रणालीको एउटा बलियो आधार भएको स्पष्ट गर्नुभयो ।  

कृषि, पर्यटन र उर्जा नै हाम्रो मुलुकको विकासको आधार हो, त्यसको लागि श्रमको सम्मान गर्ने संस्कृतिको विकासमा जोड दिदै उहाँले “उर्वर कृषिभूमि, हरिया फाँट र मनोरम हिमाली सुन्दर दृश्य देखिने यो गाउँपालिका कृषि र पर्यटन क्षेत्रबाट प्रशस्त लाभ लिन सक्ने सम्भावना रहेको छ, कृषि र पर्यटनबाट नै यस क्षेत्रको आर्थिक विकासको ढोका खोल्नेछ भन्ने मैले विश्वास व्यक्त गर्नुभयो  

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १५:२२
प्रतिक्रिया दिनुहोस्