SSI SSI
SSI SSI

अष्ट्रेलियन पर्वतारोही एली पेपरद्वारा  बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण

सोमबार, वैशाख ३, २०८१


काठमाण्डौ । विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरुको  दुई वर्ष भित्र आरोहण गर्ने लक्ष्य लिएकी अष्ट्रेलियाकी महिला पर्वतारोही एली पेपरले यहि अप्रिल १४ तारिख आइतवार बिना अक्सिजन  अन्नपूर्ण–१ को सफल आरोहण गरेकी छन् । विश्वका १०औं अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहणमा उनलाई गाईड मिकेल शेर्पा र निमा शेर्पाले साथ दिएका थिए ।  अन्नपूर्ण–१ हिमालको चुचुरोमा पाइला टेकेसगैं पेपरले यससगैं तीन वटा आठ हजार मिटर अग्ला हिमालहरुको सफल आरोहण गरेकी एलीको अब  कञ्चनजंघा र मकालु हिमालको आरोहण गर्ने योजना रहेको छ । 


 सेभेन समिट ट्रेक्स  कम्पनी मार्फत् अन्नपूर्ण–१ हिमालको सफल आरोहण गरेकी पेपरले  आठ हजार मिटर अग्लो हिमालहरुको  आरोहण गर्दै जाने र  तोकेको समयभित्र नै १४ वटै हिमालहरुको चुचुरोसम्म पाइला टेक्ने लक्ष लिएकी हुन्  ।विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालका चुचुराहरूमा बिना अक्सिजन पुग्ने  सपना पूरा गर्न उनी  मार्च महिनाको पहिलो हप्ता टिमसहित काठमाडौं आइपुगेकी थिइन् ।


सन् २००७ मा  बिना अक्सिजन माउन्ट चोयु हिमाल तिब्बती मोहोडाबाट सफल आरोहण गरेकी ४८ वर्षीया आरोही पेपरले  सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२औँ अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) र विश्वको पाँचौं अग्लो हिमाल मनास्लु (८,१६३ मिटर) को सन् २०२३ को सेप्टेम्बर २८ तारिखका अक्सिजनको प्रयोग नगरी सफल आरोहण गरी सकेकी छिन । उनले विश्वको १२ औँ अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) को बिना अक्सिजन सफल आरोहण गरी पहिलो अष्ट्रेलियाली महिलामा आफ्नो नाम दर्ज गरेकी छिन् । 
 अक्सिजन बिना विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरु को सफल आरोहण गर्ने आरोहीहरुको संख्या छ जना रहेको छ । 

 ( फोटो साभार - गुगल )

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १४:४१
प्रतिक्रिया दिनुहोस्