SSI SSI
SSI SSI

सिड्नीमा "गजल मुशायरा” कार्यक्रम हुने 


 सिड्नी । १५८ औं मोती जयन्तीको अवसर पारेर यहि सेप्टेम्बर २३ शनिवार "गजल मुशायरा” कार्यक्रम हुने भएको छ ।  
मोती जयन्तीको अवसरमा सन् २०१४ देखि सिड्नीमा आयोजना हुँदै आएको गजल मुशायराको यस पटकको श्रीङ्खलामा स्थानीय र अन्य राज्यबाट गरि  ३३ जना गजलकारहरुले आ-आफ्ना गजलहरु वाचन गर्ने छन् ।  सिड्नीको हर्स्टभिल १६ म्याकमोहन स्ट्रिट स्थित सिभिक थियटरमा हुने सो कार्यक्रम अपरान्ह १ः३० बजेदेखि सुरु हुने आयोजक सस्थाले जनाएको छ । 
कार्यक्रममा उपस्थितहरुलाई  गजलका साथ साथै  गीत संगीत र नृत्यबाट भरपुर मनोरंजन दिइने छ ।  प्रबासमा बसेर पनि नेपालि भाषा र सस्कृति र साहित्यको सम्बर्धनमा यस्ता कार्यक्रम हरुले ठुलो योगदान पुर्याउदै आएको छ ।  
 कार्यक्रममा उपस्थित भएर उत्कृष्ट नेपाली गजलहरुको रसास्वादन गर्ने यो सुनौलो मौकाको उपयोग गर्नुहुन आयोजक सस्थाले  सबैमा अनुरोधसमेत गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्