SSI SSI
SSI SSI

अष्ट्रेलियाका विभिन्न राज्यमा नेपाली नयाँ बर्ष २०८१ मनाईदै ( फोटो स्टोरी )

बिहीबार, चैत २९, २०८०


सिड्नी ।  नेपाली नयाँ बर्ष बि.स २००८१ को अवसर पारेर अष्ट्रेलियामा रहेका विभिन्न नेपाली सामुदायिक एबम सामाजिक सस्थाहरुले बिबिध कार्यक्रमहरु गर्दैछन् । तिथि र मितिको आधारमा यहि अप्रिल १३ तारिख नेपाली नयाँ बर्ष २०८१ बैशाख १ गते परेको छ ।

नयाँ बर्षको अवसर पारेर डार्बिन, ब्रिसबेन र एडिलेडमा अभिभावक बनभोजको कार्यक्रम गरिदै छ भने क्यानबेरामा आतिसबाजी सहित नेपाली नयाँ बर्षलाई स्वागत गरिदै छ । ब्यस्त दैनिकीको बाबजुद पनि  नेपाली नयाँ बर्षलाई उल्लासमय रुपले मनाउन गरिएका प्रयासहरु वास्तवमै प्रसंसनिय रहेको छ ।

यहाँ रहेका  नेपालीहरु एक आपसमा भेटघाट गरेर शुभकामना आदान प्रदान गर्नुका साथै चिनाजान गर्न पाउने उपयुक्त अवसरको रुपमा पनि यो दिनलाई लिन सकिन्छ । 

 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  ०५:५७
प्रतिक्रिया दिनुहोस्