SSI SSI
SSI SSI

नेपाली नयाँ बर्षमा एडिलेडमा "अभिभावक बनभोज" गरिदै 

बुधबार, चैत २८, २०८०


 सिड्नी । नेपाली नयाँ वर्ष २०८१ को अवसरमा एडिलेड नेपाली समाजले यहि अप्रिल १३ तारिख शनिवार "अभिभावक वनभोज तथा शुभकामना आदान-प्रदान कार्यक्रम गर्ने भएको छ । एडिलेड नेपाली समाजको वार्षिक कार्यक्रम अन्तर्गत हुने सो कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम  संयोजक श्याम दाहालले बताएका छन् ।

नेपाल न्यूजसंगको कुराकानीमा दाहालले अभिभावक वनभोज तथा शुभकामना आदान-प्रदान कार्यक्रममा करिव १ हजारको संख्यामा सहभागिता रहने बताए । एडिलेड नेपाली समाजको सिग्नेचर कार्यक्रमको रुपमा रहेको यो कार्यक्रमलाई सस्थाले सन् २०१८ देखि निरन्तरता दिदै आएको छ । बिगतका बर्षहरुमा सहभागी बा आमाहरुबाट सकारात्मक फिडब्याक आएको र उहाहरुले भरपुर मनोरंजन लिनु भएको र एक आपसमा भेटघाट गरेर चिनजान र शुभकामना आदान प्रदान गर्न पाउदा नेपालमै रहेको महशुस गर्न सक्नेछन् ।  
एडिलेड स्थित अक्ल्याण्ड्सवेटल्याण्ड्समा अपरान्ह १ बजे देखि साँझ ६ बजे सम्म हुने सो कार्यक्रममा नेपालि स्वादका खानाका परिकारहरु ,खेलकुद र नाच गान लगायतका विभिन्न मनोरन्जनात्मक कार्यक्रम गरिने आयोजक सस्थाले जनाएको छ ।  कार्यक्रमलाई सफल बनाउन एडिलेडका नेपाली संघ सस्था र व्यक्तिहरुको साथ र सहयोग रहदै आएको छ । 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १४:१०
प्रतिक्रिया दिनुहोस्