SSI SSI
SSI SSI

 रक्डेल ब्वाईजले नेपाली न्यु ईयर ईभ मनाउदै 

बुधबार, चैत २८, २०८०

 

सिड्नी । नेपाली नयाँ बर्षको अवसर पारेर  रक्डेल ब्वाईज र कमेरो इभेन्टसको संयुक्त आयोजनामा यहि अप्रिल १२ तारिख शुक्रवार साँझ नेपाली न्यू ईयर ईभ कार्यक्रम गर्ने भएको छ ।  सिड्नीको ४८८ जर्ज स्ट्रिट स्थित हिल्टन होटलको जेटा बारमा हुने सो कार्यक्रममा नेपालमा उत्पादन गरिएका पहिरनमा मोडलहरुले क्याटवाक ,फेसन सो र मोडलिङ्ग गर्नेछन् ।

आयोजक सस्थाका अनुसार कार्यक्रममा मेघा श्रेष्ठ लगायत अन्य पाँच जना डिजेले आ आफ्नो  सांगितिक प्रस्तुतिहरू दिनेछन् । सो फेसन सो मा नेपाली कम्पनि "पोशाक"ले उत्पादन गरेको ड्रेसमा मोडलहरु सजिने छन् ।

नेपाली उत्पादनको अष्ट्रेलियामा प्रबर्धन गर्ने उद्देस्यले कार्यक्रम गरिएको बताईएको छ ।  कार्यक्रममा सहभागीहरु बिच शुभकामना आदान प्रदानका साथै  खुशी साटासाट गरिने छ । 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १३:२२
प्रतिक्रिया दिनुहोस्