SSI SSI
SSI SSI

सिड्नीको लिभरपुलमा कर्णदासको विशेष सांगितिक प्रस्तुति हुने 


सिड्नी ।  नेपालका लोकप्रिय गायक कर्ण दासले आज अप्रिल ५ तारिख शुक्रबार साँझ  विशेष कार्यक्रममा आफ्नो सांगितिक प्रस्तुति गर्नेछन् । नेपाली सुगम संगीतका स्रस्टा कर्ण दासको "ठूला ठूला महल होइन…." गीत नेपाली माझ अत्यन्त लोकप्रिय छ । 


नेपाली नयाँ बर्ष २०८१ को अवसरमा एड्मन्सन पार्क बार्डिया नेप्लिज कम्युनिटी आयोजना हुने आजको कार्यक्रम सिड्नीको  लिभरपुलस्थित लिभरपुल क्याथोलिक क्लबको हलमा सम्पन्न हुने छ ।

 कार्यक्रममा कलाकारहरु सुजाता उपाध्याय मानन्धर ,आभेस पौडेल ,सम्राट किरण र सबिन घिसिङ्गले आ आफ्नो गीत संगीत प्रस्तुत गर्नेछन् । 

कार्यक्रमको बारेमा नेपाल न्युजसंग कुरा गर्दै आयोजक संस्थाका अध्यक्ष रञ्‍जित राज वन्तले -सन् २०१७ मा स्थापना गरिएको यो संस्थाले आफ्नो स्थापनाकाल देखिनै प्रवासमा नेपाली कला ,सस्कृतिको संरक्षण र सम्बर्धन गर्दै आएको बताए ।

उनले भने-  अष्ट्रेलियामा जन्मे हुर्केका हाम्रा बालबालिकालाई हाम्रो रीतिथिति,चाडपर्व र धर्म संस्कृतिको महत्वका बारेमा बारेमा जानकारी गराउदै यसको संरक्षण र सम्बर्धन र बिस्तारमा लाग्नु हामि सबैको कर्तब्य हो । 

 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ०५:१९
प्रतिक्रिया दिनुहोस्