SSI SSI
SSI SSI

नेपाली नयाँ बर्षमा सिड्नीमा सामुहिक ब्रतबन्ध गरिदै 


सिड्नी ।  नेप्लिज हिन्दु सोसाईटी अष्ट्रेलियाको आयोजनामा सिड्नीमा हिन्दु धार्मिक परम्परा अनुरुप सामुहिक ब्रतबन्ध हुने भएको  छ । यहि अप्रिल १३ तारिख शनिवार अर्थात नेपाली नयाँ बर्ष २०८१ बैशाख १ गते सिड्नीको रिजेण्ट्स पार्कस्थित साई मन्दिरमा हुने सो कार्यक्रम बिहान ६ बजे सुरु हुने आयोजक सस्थाले जनाएको छ । सस्थाका अनुसार बिहान ६. ५५ बजे चुडाकर्म  अन्तर्गत बटुकहरुको कपाल काट्ने ,१०.२५ मा मन्त्रदान ,११.०५ मा भिक्षादान गरिने छ ।  त्यसैगरी अपरान्ह १२. बजे लाख बत्ति बाल्ने र १ बजे पुजा सम्पन्न गरिने छ ।

पण्डित प्रकाश ढोडारीका अनुसार  यो बर्ष न्यु साउथ वेल्स  र अन्य राज्यबाट समेत गरि २२ जना  बटुकहरुको ,ब्रतबन्ध गरिने छ ।  यो संख्या गत बर्ष १६ थियो । नेपाल न्यूजसंग कुरागर्दै पण्डित  ढोडारीले  ब्रतबन्धमा  ७ जना पुरोहितहरुले पुजापाठ गर्ने र सो दिन  नेपाली नयाँ बर्ष परेकोकोले  श्री मद्भागवतको  पाठ पारायण र लक्ष्यबर्ती प्रज्वलन ( लाखबत्ती बाल्ने ) कार्यक्रम रहेको बताए । 
 नेपालीहरुको ठुलो संख्यामा बसोबास रहेको सिड्नीमा  बिगत ५ बर्षदेखि सामुहिक ब्रतबन्ध गराउदै आएको नेप्लिज हिन्दु सोसाईटी अष्ट्रेलियाले हिन्दु धर्म सस्कृति र परम्पराको संरक्षण र सम्वृद्धिमा खेल्दै आएको भूमिका प्रसंसनीय रहदै आएको छ । कुराकानीको सिलशिलामा पण्डित ढोडारी भन्छन् - यहाँ गुन्यू चोलो ,जन्मदिन या ब्रतबन्धलाई बिधी पुर्याउने माध्यमको रुपमा मात्र लिन नहुने कुरामा जोड दिन्छन् । हामीले हाम्रा छोरा छोरीहरुलाई हाम्रो धर्म ,सस्कृति ,रिती रिवाज र परम्परा जोगाउन गरिने कर्मका बारेमा जानकारी दिनुपर्ने बेला आएको छ ।  

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ०८:३६
प्रतिक्रिया दिनुहोस्