SSI SSI
SSI SSI

वेस्टर्न स्टार स्पोर्ट्स क्लबले किड्स टुर्नामेण्ट गर्ने 

सिड्नी ।  बिगत केहि वर्षदेखी खेलकुदको माध्यम बाट नेपाली समाजलाई जोड्दै र उन्दै आएको वेस्टर्न स्टार स्पोर्ट्स क्लबलेयहि सेप्टेम्बर २४ तारिख आइतबारका दिन एक दिवसीय किड्स टुर्नामेण्ट गर्ने भएको छ ।  क्लब म्यानेजर भरत ज्ञवालीका अनुसार टुर्नामेण्टमा १३ बर्ष र ९ वर्ष मुनिका बच्चाहरुले भाग लिनेछन् । ज्ञवालीका अनुसार उक्त प्रतियोगितामा १२ बटा टिमको सभागिता रहने छ । पोइन्ट र नक आउटको प्रक्रियाबाट बिजयी /उत्कृस्ट टिमको घोषणा गरिने छ ।
  " Bringing Communities Together Through Rising Stars " स्लोगन सहित आयोजना हुन लागेको यो प्रतियोगितामा सहभागी भएर हाम्रा साना साना बच्चा हरुलाई हौसला प्रदान गर्न आयोजक सस्थाले सबै संग अनुरोध समेत गरेको छ । 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १७:२५
प्रतिक्रिया दिनुहोस्