SSI SSI
SSI SSI

ओरेञ्ज  नेप्लिज कम्यूनिटीले नेपाली  नयाँ बर्ष २०८१ मनाउदै 


सिड्नी ।  ओरेञ्ज  नेप्लिज कम्युनिटी अष्ट्रेलियाले नेपाली नयाँ बर्ष २०८१ को अवसरमा शुभकामना आदान प्रदान तथा विभिन्न मनोरन्जनात्मक कार्यक्रम गर्ने भएको छ । यहि अप्रिल १३ तारिख अर्थात् बैशाख १ गते शनिवारका दिन ओरेञ्ज सो ग्राउण्डमा हुने सो कार्यक्रममा नेपाली मौलिकता झल्किने गीत संगीत तथा नृत्य प्रस्तुत गरिने छ ।  सो अवसरमा रोयल नेपाल ब्याण्डले आफ्नो लाईभ साँगेतिक प्रस्तुति गर्ने छ ।

नेपाली मौलिक खानाका परिकारहरुको समेत स्वाद लिन पाइने सो कार्यक्रममा बच्चाहरुको फेस पेंटिंग कासल जम्प लगायतका किड्स एक्टिभिटिज गरिने आयोजक सस्थाले जनाएको छ । कार्यक्रमको बारेमा थप जानकारी चाहिएमा यम ०४१५६०५६९९,बिरेन ०४१३४३३५१५,अमित ०४११४७७२४६ र सुभम ०४१४३०५८०५ मा सम्पर्क गर्न सकिने सस्थाले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ०४:३२
प्रतिक्रिया दिनुहोस्