SSI SSI
SSI SSI

डब्बोमा नेपाली नयाँ बर्ष २०८१ मनाईदै


सिड्नी ।  डब्बो नेप्लिज कम्युनिटी अष्ट्रेलियाले नेपाली नयाँ बर्ष २०८१ को अवसरमा शुभकामना आदान प्रदान तथा अभिभावक बनभोज कार्यक्रम गर्ने भएको छ । यहि अप्रिल १३ तारिख अर्थात् बैशाख १ गते शनिवारका दिन दब्बो स्थित रेगाण्डा पार्कमा हुने सो कार्यक्रममा सहभागीहरु बिच एकापसमा शुभकामना आदान प्रदानका साथ साथै डिजे सहित लाईभ म्यूजिकमा मनोरंजन लिन सकिने छ । 


सबै उमेर समुहलाई ध्यानमा राखेर डिजे सहितका बिभिन्न मनोरन्जनका कार्यक्रमहरु राखिएको आयोजक सस्थाले जनाएको छ ।  कार्यक्रमको बारेमा थप जानकारी चाहिएमा शर्मिला महर्जन ०४५०७७४६६५, बिकाश दवाडी ०४५१०९५२२७ र अच्युत लुइटेल लाई ०४०४८६१३३९ मा सम्पर्क गर्न सकिने छ ।  कार्यक्रममा सहभागिता जनाएर मनोरंजन लिन डब्बोबासी  नेपाली समुदायलाई आयोजक सस्थाले हार्दिक अनुरोध समेत गरेको छ । 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १४:५९
प्रतिक्रिया दिनुहोस्