SSI SSI
SSI SSI

सिड्नीमा नेप्लिज  मल्टिकल्चरल सेन्टरको निर्माण अभियान प्रारम्भ 


सिड्नी ।  सिड्नीको  साउथ वेस्ट क्षेत्रमा बसोबस गरिरहेका  नेपालीहरुले आफ्नै मल्टिकल्चरल सेन्टर हुनु पर्ने र त्यसको निर्माणका लागि अगाडी बढ्दै छन् । सिड्नीमा अन्य समुदायको आफ्नै सामुदायिक केन्द्र रहेको तर नेपालीहरुको आजसम्म पनि सामुदायिक भवन नहुनु आफैमा दुखलाग्दो बिषय हो । यहि परिवेश लाई बुझेर सिड्नीको  साउथ वेस्ट क्षेत्रमा बसोबस गरिरहेका नेपालीहरु " सिड्नी नेप्लिज  मल्टिकल्चरल सेन्टर "को निर्माणका लागि अगाडी बढेका छन् ।  सेन्टरको अवधारणाका बारेमा संचारकर्मीलाई जानकारी दिने उद्देस्यले यहि मार्च २८ तारिख बिहिबार सिड्नीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा  संचारकर्मीहरुलाई सेन्टरका पदाधिकारीहरुले अहिलेसम्म भएको प्रगति र आगामी दिनमा गरिने कार्यक्रमका बारेमा जानकारी गराएका थिए । 

 


सस्थाका अध्यक्ष सुदिप ढकालले सिड्नीमा नेपालीहरुको संख्या बर्षेनी बढ्दै गएको र यस्तो अवस्थामा नेपालीको एउटा पनि सामुदायिक केन्द्र बनाउनु पर्छ भन्ने लक्ष्यका  साथ आफुहरु अगाडी बढेको बताए । उनले सामुदायिक केन्द्रमा सबैको अपनत्व कायम कसरी गराउन सकिन्छ भन्ने तर्फ आफुहरु सचेत रहेको र यो निर्माण अभियानमा नेपाली समुदायका सबैलाई समेट्न आफुहरुले ईमान्दार प्रयास गर्ने प्रस्ट पारे ।  सस्थाका उपाध्यक्ष सुर्य खनालले यो पबित्र कार्यलाई सम्पन्न गर्न  सिड्नीको नेपाली समुदाय एकसाथ जुरुक्क उठ्नु पर्ने बताए ।  उनले भने - हामि जुन उद्देस्य र लक्ष्यका  साथ अगाडी बढेका छौ त्यो यहिको नेपाली समुदायको हितका लागि हो त्यसैले यो बेला को के भन्दा पनि हामि नेपाली हौ भनेर यो केन्द्रको निर्माण गरेर आफ्नो एक्यबद्दता देखाउने बेला आएको छ । अर्का उपाध्यक्ष कल्याणी बर्तौलाले सेन्टरको निर्माण आफैमा चुनौतिपूर्ण रहेको बताउदै आफुहरुले यो चुनौतीलाई अवसरको रुपमा लिएको र यसलाई कार्यान्वयनको तहमा पुर्याउन हाम्रो समुदायका सबैको उत्तिकै सकारात्मक भूमिका रहने उल्लेख गरिन । सस्थाका महासचिव  डा प्रकाश पौडेलले सेन्टर निर्माणका लागि नेपाली समुदायले अन्य राज्यमा अपनाएको अवधारणा लाई मिहिन रुपमा अध्यन गरिएको र समुदायको हितको लागि उपयुक्त अवधारणा लाई आफुहरुले अगाडी बढाउने प्रस्ट पारे ।  उनले  नेपाली कला सस्कृति ,भाषा ,धर्म ,रिति रिवाज लगायत सबै मौलिक नेपालीपन झल्कने किसिमले केन्द्रको निर्माण गरिने बताए । 
एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष नन्द गुरुंगले नेप्लिज  मल्टिकल्चरल सेन्टर निर्माणमा आफ्नो सक्दो साथ र  सहयोग रहने प्रतिबद्दता जनाए । 
सो अवसरमा सस्थाका प्रबक्ता अरुण गौतम ,पब्लिक अफिसर तिर्थ खतिवडा , सदस्य हरि अधिकारी लगायतले सेन्टर निर्माणको बिबिध पक्षका बारेमा आ आफ्नो धारणा राखेका थिए । 


यसैबीच "सिड्नी नेप्लिज मल्टिकल्चरल सेन्टर"ले नेपाली नयाँ वर्ष २०८१ को अवसरमा यहि अप्रिल ६ तारिख शनिवार साँझ  क्रुज पार्टी  गर्ने भएको छ । नेप्लिज मल्टिकल्चरल सेन्टरको सहयोगार्थ हुन लागेको सो क्रुज  डार्लिंग हार्बरबाट सुरु भई सिड्नी आसपासका बेहरुको  परिक्रमा गरि राती १० बजे सोही स्थानमा आएर सम्पन्न हुने आयोजक सस्थाले जनाएको छ । क्रुज पार्टीमा  विभिन्न मनोरन्जनात्मक कार्यक्रमका साथै एक आपसमा शुभकामना आदान प्रदान गरिने छ । 

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १६:४६
प्रतिक्रिया दिनुहोस्