SSI SSI
SSI SSI

वरिष्ठ साहित्यकार एवम् प्राज्ञ दधिराज सुवेदीको निधन 


नेपाल न्यूज प्रतिनिधि । 
काठमाण्डौ । भोजपुरको दिङ्लामा जन्मिएर बिराटनगरलाई कर्मथलो बनाउदै आएका साहित्यकार एवम् प्राज्ञ दधिराज सुवेदीको हिजो(  मार्च २७ तारिख बुधबार ) बिहान   उपचारका क्रममा मोरंगस्थित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल बुढीगंगा ७८ वर्षको उमेरमा  निधन भयो । स्वर्गीय सुबेदीको पार्थिव शरीरलाई बुधबार नै  विराटनगरस्थित परोपकार घाटमा दाहसंस्कार गरियो ।  सुबेदीको  निधनप्रति  राष्ट्रपति रामचन्द्र पौडेलले फोन मार्फत् परिवारका सदस्यलाई समवेदना प्रकट गरेका छन् ।  

साहित्यकार सुवेदीको पार्थिव शरीरमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राष्ट्रिय झण्डा र प्रदेश सभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल तथा कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले कांग्रेसको चार तारे झण्डा ओढाएर सम्मान प्रकट गरे । स्वर्गीय सुबेदीको पार्थिव शरीरमा  विराटनगर महानगरपालिकाका प्रमुख नागेश्वर कोइराला, आफन्तजन,  बिराटनगरबासी  एबम् साहित्य सर्जकह र सर्बसाधारणले  परोपकार घाटमा उपस्थित भएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । 


 पुस्तक लेखन मात्रै नभई  समालोचनामा पनि  त्यतिकै सक्रिय सुबेदीका  खोज तथा अनुसन्धानमूलक दर्जनौँ कृति प्रकाशित छन् । सुवेदीका साधनाको अभिरेखाङ्कन (२०४४), प्रतिभा र प्रस्तुति (२०४५) र नेपाली साहित्यका मुस्कानहरू (२०६९) समालोचनात्मक कृति प्रकाशित छन् । सुवेदीका दर्जनबढी मौलिक कृति छन्  । डेढसय भन्दाबढी पुस्तकको सम्पादन गरेका सुवेदीले दुई सय भन्दा बढी लेखकका कृतिमा भूमिका निभाएका थिए ।उनका  समालोचना सङ्ग्रह विश्वविद्यालयहरूमा पढाइ हुने गरेका छन् ।  स्वर्गीय सुवेदीका श्रीमती, दुई छोरा र एक छोरी छन् । 


 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १२:३९
प्रतिक्रिया दिनुहोस्