SSI SSI
SSI SSI

नयाँ बर्षको अवसरमा रूपन्देहि सामाजिक संन्जालले बार्बिक्यु गर्दै 

 

सिड्नी । रूपन्देहि सामाजिक संन्जाल अष्ट्रेलियाले नेपाली नयाँ बर्ष २०८१ को अवसरमा बार्बिक्यु तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ । यहि अप्रिल १३ तारिख ( बैशाख १ गते ) शनिबार सिड्नीको टेम्पेस्थित टेम्पे रिक्रेसनल रिजर्व पार्कमा हुने सो कार्यक्रम अपरान्ह १२ बजेदेखि ५ बजेसम्म हुने आयोजक सस्थाले जनाएको छ ।  कार्यक्रममा सहभागीहरुबीच एकापसमा शुभकामना आदान प्रदानको साथसाथै किड्स फेस पेन्टिंग र डिजेको प्रस्तुति रहने छ । कार्यक्रममा बटौलिको मौलिक परिकार  (तातो/चिसो) पानी पुरी ,नेपाली  स्वादको सेलरोटीको ब्यबस्था गरिने छ ।


   आफनो स्थापनाकाल देखि नै बिभिन्न सामाजिक एबम कल्याणकारी कार्य गर्दै आएको यो सस्थाले शुभकामना आदान प्रदान कार्यक्रममा उपस्थिति जनाउन सिड्नीमा रहेका नेपाली हरुलाई हार्दिक अनुरोध समेत गरेको छ । 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ०८:५४
प्रतिक्रिया दिनुहोस्