SSI SSI
SSI SSI

न्युजिल्याण्डको अक्ल्याण्डमा नेपालीले गरे रक्तदान 


सिड्नी ।  नेप्लिज ब्लड डोनर्स एसोसियसन न्युजिल्याण्डले दिबंगत अर्जुनप्रसाद मैनालीको स्मृतिमा रक्तदान कार्यक्रम गरेको छ ।  

अक्ल्य़ाण्डको ७१ ग्रेट साउथ रोड ईप्सन स्थित ब्लड डोनेसन सेन्टरमा भएको सो रक्तदान कार्यक्रममा २२ जना रक्तदाताले रक्तदान गरेको एसोसियसनका अध्यक्ष रामराज ओलीले जानकारी दिए ।

रक्तदान कार्यक्रम यहि मार्च २१,२२ र २५ गते गरी ३ दिनसम्म संचालन गरिएको थियो । अध्यक्ष ओलीले रक्तदान गर्ने र कार्यक्रमलाई सफल बनाउन साथ्र सहयोग गर्ने सबैप्रति धन्यबाद दिदै आगामी दिनमा पनि यस्तो मानबिय र कल्याणकारी कार्यलाई निरन्तरता दिईने बताए । 


नेपाल न्युज संग कुरा गर्दै उनले स्वर्गीय अर्जुनप्रसाद मैनालीले बिस्व भर छरिएर रहेका नेपाली हरुलाई रक्तदान गर्न अभिप्रेरित गर्दै  धेरै पटक रक्तदान गर्ने व्यक्तिको रुपमा आफुलाई उभ्याउन सफल मैनालीको योगदानलाई चिरस्मरणिय बनाउन कार्यक्रम गरिएको प्रस्ट पारे । 


 

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १३:५२
प्रतिक्रिया दिनुहोस्