SSI SSI
SSI SSI

झापाली समाज अष्ट्रेलियाले सिड्नीमा  फागु पुर्णिमा (होली ) मनायो 


सिड्नी । रङ्गहरुको पर्व फागु पुर्णिमा (होली ) को अवसरमा झापाली समाज अष्ट्रेलियाले  हिजो (मार्च २३ तारिख शनिवार ) सिड्नीको अबर्न पार्कमा एक आपसमा शुभकामना आदान प्रदान गरेर होली मनायो ।

 

सो अवसरमा सहभागीहरुबीच एक आपसमा अबिर लगाईदिएर आपसी भाइचारा ,सद्भाव र प्रेम दर्शाईएको थियो ।

कार्यक्रममा सहभागीहरु होली गीतमा नाचेर मनोरंजन समेत लिएका थिए । आयोजक सस्थाले सहभागीहरुलाई बार्बिक्यु र ड्रिंक्सको समेत ब्यबस्था गरेको थियो । 

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  ०७:४२
प्रतिक्रिया दिनुहोस्