SSI SSI
SSI SSI

 एण्टाले सिड्नीमा फागु पुर्णिमा (होली ) धुमधामका साथ मनायो 

 
सिड्नी । रङ्गहरुको पर्व फागु पुर्णिमा (होली ) को अवसरमा अष्ट्रेलियन नेप्लिज एसोसियसनले हिजो (मार्च २३ तारिख शनिवार ) सिड्नीको रक्डेल स्थित ईन्द्रेणी फंग्सन सेन्टरमा एक बिशेस कार्यक्रम गर्यो ।  


सन् २००८ मा स्थापना भएको यो सस्थाले नेपालको तराई क्षेत्रमामा मनाईने विभिन्न पर्व र रिति रिवाज एबम धर्म र सस्कृतिको सम्बर्धन गर्ने उद्देस्यका साथ विभिन्न कार्यक्रम गर्दै आएको छ । सस्थाका अध्यक्ष रञ्‍जित साहका अनुसार एण्टाले फागु पुर्णिमा (होली ) पर्वलाई अष्ट्रेलियामा सन् २००९ देखि सस्थागत रुपमा बर्षेनी मनाउदै आएको छ । नेपाल न्युजसंग कुरागर्दै अध्यक्ष साहले आपसी प्रेम ,सद्भाव र भाईचाराको अभिवृद्धि गर्ने उद्देश्यका साथ होली मेलाको आयोजना गरिएको बताए ।

करिव ४  सय जनाको उपस्थिति रहेको सो होली मेलामा अष्ट्रेलियाका लागी नेपालका राजदुत कैलाशराज पोखरेलले यस्ता कार्यक्रम मार्फत् नेपाली मौलिकता र सस्कृतिको जगेर्ना गर्न एण्टाले खेलेको भूमिका सह्राहनीय रहेको बताए । सासद मार्क बुट्टिगिगले बसास्कृतिक मुलुक अष्ट्रेलियामा नेपाली समुदायको उपस्थिति दिनानुदिन बढ्दै गएको र यो समुदायको कला सस्कृति र हकहितको संरक्षण गर्दै नेपाली समुदायलाई देश बिकासको मूल बाटोमा सरिक गराउन आफ्नो सत्प्रयास रहने प्रतिबद्दता व्यक्त गरे । 


एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले हाम्रो भाषा ,धर्म र सस्कृति जोगाउन नेपाली सामुदायिक सस्थाहरुले महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गरे । कार्यक्रममा नेपालबाट आएका कलाकारहरु  अन्नु चौधरी ,जगेस ठाकुर र भोजपुरी सुपरस्टार  रितेस पाण्डेले गीत संगीत र नृत्य मार्फत् उपस्थित सबैलाई भरपुर मनोरंजन दिलाए ।

सो अवसरमा एक आपसमा अबिर लगाएर शुभकामना आदानप्रदान गरिएको थियो भने सहभागीहरु गीतको तालमा उत्त्साह पुर्बक नाचेका थिए । कार्यक्रममा एनआरएनएका सचिब ज्ञानेन्द्र रेग्मी , ओसियाना रिजनका संयोजक दिनेश पोखरेल ,एनआरएनए अष्ट्रेलियाका पुर्व अध्यक्ष नन्द गुरुङ लगायत विभिन्न सामाजिक सस्थाका प्रतिनिधि एबम् मधेशी समुदायका नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो । 
 

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  ०६:४८
प्रतिक्रिया दिनुहोस्