SSI SSI
SSI SSI

अष्ट्रेलिया सहित विश्वका ४० देशका २ सय ५० सहरमा आज एकसाथ प्रदर्शन हुदै  चलचित्र ‘महाजात्रा’


सिड्नी ।  चर्चित नेपाली सिनेकर्मी  प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा बनेको नेपाली चलचित्र ‘महाजात्रा’ को आज ( मार्च २२ तारिख ) देखि अष्ट्रेलियाका बिभिन्न शहरहरुमा प्रदर्शन हुँदैछ । आज क्वीन्सल्याण्ड, सिड्नी, तास्मानिया, क्यानबेरा र एडिलेडमा चलचित्रको प्रर्दशन गरिने  एमएसएम इन्टरटेनमेन्टले जनाएको छ । चलचित्र ‘महाजात्रा " लाई अष्ट्रेलियामा प्रदर्शन गर्ने अधिकार पाएको एमएसएम इन्टरटेनमेन्टलाई रोटपिङ इन्टरटेनमेन्टले साथ दिएको छ ।


 षट्कोण आर्टसले निर्माण गरेको ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग चलचित्र ‘महाजात्रा’ भिक्टोरियामा २४ र पर्थमा २५ तारिख प्रदर्शन गरिने छ भने तास्मानियाको रहेको भिलेज  लन्चेस्टनको स्टार थिएटर मा मार्च २५ तारिख चलचित्रको प्रदर्शन गरिने छ । दर्शकको माग र चाप अनुसार चलचित्र शोलाई बिस्तार गरिने आयोजकले बताएका छन् । 


म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको निर्माणमा बनेको यो चलचित्र नेपाल सहित विश्वका ४० देशका २ सय ५० सहरमा एकसाथ प्रदर्शनमा आउन लागेको हो । यो चलचित्रमा  हरिवंश आचार्य,  राजाराम पौडेल,विपिन कार्की, वर्षा राउत, रविन्द्रसिंह बानियाँ,  प्रवीण खतिवडा,अर्जुनजंग शाही, प्रकाश घिमिरे, अरविन खड्का, दिव्यदेव, सुमन कार्की, शिशिर वाङ्देल, गौमाया गुरुङ,  लगायतका कलाकारहरुको बेजोड प्रस्तुति रहेको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ०९:२१
प्रतिक्रिया दिनुहोस्