SSI SSI
SSI SSI

होम केयरमा क्यारियरको सशक्तिकरणमा जोड दिदै एसएसआई ( SSI )

सांस्कृतिक तथा भाषिकरूपमा भिन्न (Culturally and Linguistically Different; CALD) समुदायका सदस्यहरूलाई होम केयरमा क्यारियरको लागि सशक्तिकरण

SSI होम केयर वर्कफोर्स सपोर्ट कार्यक्रम (Home Care Workforce Support Program; HCWSP) ले CALD होमकेयर कामदारहरूको अपार योगदानहरूको पहिचान गर्दै र उनीहरूको सीप, हित र रोजगारीप्रति सन्तुष्टि बढाउने लक्ष्य लिएको छ।

हाम्रा समुदायहरूको मुटुमा, सहि पहिचान नपाएका धेरै नायकहरू छन्‌! ती समर्पित व्यक्तिहरू जसले प्रेमपूर्वक हाम्रा वृद्धहरूलाई अत्यावश्यक सेवाहरू प्रदान गरेर उनीहरूलाई आफ्नै घरको रामजनक वातावरणमा राम्रोसँग वृद्धावस्था व्यतित गर्न सक्नेछन् भन्ने सुनिश्चित गरेर मद्दत गर्दछन्‌ धेरैभन्दा धेरै वृद्ध व्यक्तिहरू आफ्नै घरमै बस्न खोजेकाले गर्दा, अब होमकेयर मानिसहरूले चयन गर्न सक्ने एक लचीलो क्यारियर विकल्प भएको छ। सेटलमेन्ट सर्भिसेस इन्टरनेसनल (Settlement Services International; SSI) को होम केयर वर्कफोर्स सपोर्ट कार्यक्रम एक नि:शुल्क सेवा हो जुन नयाँ प्रतिभाहरूलाई फस्टाउँदै गएको यस होम केयर क्षेत्रमा प्रवेश गर्न मद्दत र्नेप्रति लक्षित छ, यसले उनीहरूलाई आत्मविश्वासी बन्न र घरमै वृद्ध हेरचाह सेवामा सफल क्यारियरको लागि आवश्यक सीपहरूमा राम्रोसँग तयार पार्दछ  

SSI होम केयर वर्कफोर्स सपोर्ट कार्यक्रम (Home Care Workforce Support Program; HCWSP) ले CALD होमकेयर कामदारहरूको अपार योगदानहरूको पहिचान गर्दै उनीहरूको सीप, हित रोजगारीप्रति सन्तुष्टि बढाउने लक्ष्य लिएको छ। आउनुहोस्, यस मार्गमा हिंडेकाहरूको दृष्टिबाट कार्यक्रमको प्रभावबारे अध्ययन गरौं:  

होमकेयर भनेको के हो?

CALD पृष्ठभूमिका अर्का होमकेयर कार्यकर्ता थियागु रामचन्द्रनले यस प्रकारको सेवाहरूलाई यसरी बुझाउँछन्,

होम केयर कामदारहरूले वृद्धवृद्धाहरूलाई घर भित्र र बाहिरका सामान्य कामहरू गर्न सहयोग गर्दछन्‌। हामी उनीहरूको घरमा जान्छौं र उनीहरूलाई किनमेल गर्न, सामाजिक घुलमिल गर्न, हल्का घरायसी काम गर्न, सफाइ गर्न, औषधीहरू लिन मद्दत गर्न, खाना पकाउन र खाना तयार गर्न मद्दत गर्छौं, र अन्ततः वृद्धहरूलाई लामो समयसम्म घरमा बस्न मद्दत गर्दछौं।

थियागुले भूमिकाको भावनात्मक पक्षलाई जोड दिन्छन्‌। "यो केवल कामहरूको बारे होइन; यो साथ दिने बारेमा हो।

हामी केवल हेरचाहकर्ताहरू मात्र होइनौं; हामी जीवनआधार हौं," रोब भन्छन्। "र कहिलेकाहीं, एक कप चिया र एउटा च्याट भनेको संसार हुन्छ।

HCWSP किन?

रोब हेन्ड्रा संयोगवश होमकेयरले प्रदान गर्ने लचकताको कारण यस रोजगारी तर्फ आकर्षित भएका थिए।

मैले पहिलो पटक होम केयरको काम शुरू गर्दा म एक विद्यार्थी थिएँ। अस्पतालमा पार्ट टाइम काम गरेकोले, मैले थुप्रै वृद्ध व्यक्तिहरूलाई भेटेको थिएँ जो कमजोर थिए र कुराकानी गर्न चाहन्थे। मैले यो कामले मेरो जीवनलाई एक उद्देश्य प्रदान गर्नुका साथै काम गर्दै आफ्नो अध्ययन समाप्त गर्न लचकता प्रदान गर्दछ भन्ने सोचें।

होम केयरका कामहरू पूर्ण समय, अंशिक समय, वा क्यजुअल हुन सक्छन्‌। तपाईंले आफ्नो जीवनशैलीको लागि उपयुक्त कार्यभार लिन सक्नुहुन्छ र आवश्यक भएमा कम समय काम गर्न सक्नुहुन्छ। ग्रामिण सबर्व सहितका धेरै खाले स्थानहरूमा उपलब्ध कामहरू पनि हुन्छन्‌, जसले तपाईंलाई आफूले चाहेको स्थान र बेलामा काम गर्ने स्वतन्त्रता पनि दिन्छ। SSI को होम केयर वर्कफोर्स सपोर्ट कार्यक्रम मार्फत तपाईंले १२ महिनाको मेरो एन.आर.एम.ए. (My NRMA) सदस्यता पनि प्राप्त गर्न सक्नुहुनेछ जसले तपाईंलाई ईन्धन, बिजुली, डाइनिङ, बीमा र अन्य धेरै थोकमा छूट प्राप्त गर्न मद्दत गर्छ।रोबले थपे ।
संजिदा चौधरी, जो बहुभाषामा दख्खल राख्छिन् र होमकेयर वर्करको रुपमा कार्यरत छिन्, उनको अनुभवमा आफ्ना सेवाग्राहीको भाषा र संस्कृतिको ज्ञानले होमकेयरको पेशामा निकै सजिलो बनाउँछ । “जब म आफ्नो सेवाग्राहीलाई उनले बुझ्ने हिन्दी र बंगली भाषामा सम्बोधन गर्दै वार्ता गर्छु उनको अनुहारमा अर्को खुशीको भाव झल्किएको पाउँछु”, संजिदा अनुभव सुनाउँछिन् । “यो  पेशा हेरचाह मात्रै नभइ सम्वन्ध हो । विश्वासको वातावरण बनाउदै जाँदा अविश्वास र असमझदारी कम हुदै जान्छ । यो भनेको उनीहरुको घरको एउटा सानो टुक्रा उनीहरुसम्म पुर्याउने हो । उनीहरु आफ्ना परिवारिक सावन्ध, त्यहाँ विगतमा भएका उत्सव, पारिवारिक जमघट, आफ्नो संस्कृति आदिका बारेमा सुनाउन रुचाउँछन् ।

SSI-होमकेयर अनुभव  

"मैले धेरै कुरा सिकेको छु," थियागुले सम्झिए। "डिमेन्सिया हेरचाह प्रविधिहरूदेखि आहारको प्राथमिकताहरू बुझ्न - यो सहानुभूतिको बारेमा हो। SSI बाट मैले प्राप्त गरेको प्रशिक्षणको साथमा, म वृद्ध व्यक्तिहरूको लागि सबै हेरचाह र सहायक कार्यहरू, प्राथमिक उपचार र म्यानुअल ह्यान्डलिङ्ग सहितका चुनौतीपूर्ण परिस्थितिहरूमा मद्दत गर्न सक्छु। यी सीपहरू म स्वास्थ्य सेवाका अन्य भूमिकाहरूमा पनि उपयोग गर्न सक्छु।"

रोब थप्छन्, "मलाई होम केयरमा मेरो काम मनपर्छ र मैले भन्नुपर्छ कि SSI को प्रशिक्षणले मेरो यात्रामा निकै महत्त्वपूर्ण भूमिका खेलेको छ। SSI  धेरै कुशलतापूर्वक कार्य गर्दछ र छिटै जिज्ञासाहरूको जवाफ दिंदछ। यस यात्राको हरेक कदममा सहयोग उपलब्ध थियो। मलाई अझै पनि याद छ कि मैले SSI  कार्यक्रमका लागि नाम दर्ता गरें, मेरो प्रारम्भिक मूल्यांकनहरू पूरा गरें
र एक हप्तापछि मैले क्याथोलिक हेल्थकेयरसँग अन्तर्वार्ता प्राप्त गरें। म
SSI र यसको टिमप्रति उनीहरूको मद्दतको लागि आभारी छु।

सल्लाह  

"होमकेयरमा सामेल हुने विचार गर्ने व्यक्तिहरूको लागि मेरो सल्लाह भनेको आफैंलाई निम्न प्रश्नहरू सोध्नुहोस् -  

  • एक, के तपाईंसँग यसको लागि आवश्यक दृष्टिकोण छ? - आवश्यक सीप र ज्ञान रोजगारदाताहरूले आफ्नो पाठ्यक्रममार्फत प्रदान गर्नेछन्, तर अरूप्रति दया र धैर्य जस्ता सही विचारहरू हुनु आवश्यक छ।
  • दुई, के यो तपाईंको कार्य जीवनको लागि सही क्यारियर मार्ग हो? १० वर्षअघि मैले केयर वर्करको रूपमा काम गर्ने कल्पना पनि गरेको थिइनँ।
  • र अन्तमा, तपाईंको आफ्नै कार हुनु आवश्यक छ। एक केयर वर्करको रूपमा, तपाईंले आफ्नो सेवाको दौरान आफ्ना सबै ग्राहकहरूलाई भेट्न आवश्यक हुनेछ, त्यसैले कार र वैध अष्ट्रेलियन लाइसेन्स हुनु आवश्यक छ।

"होम केयरको बारेमा यसरी सोच्नुहोस् यो त्यस्तो सेवा हो जसले गरून्जेल तपाईंलाई कमाउन मद्दत गर्छ। यसले तपाईंलाई आफूले गरेका कामहरूले कसैको जीवनमा ठूलो परिवर्तन ल्याउँदैछ भन्ने बारे राम्रो महसुस गराउँछ। यी सबै कुराहरूको साथमा यसले तपाईंको लागि एक क्यारियर निर्माण गर्दछ र तपाईंको जीवनको वृद्धिमा पर्याप्त रूपमा मद्दत गर्दछ। म धेरैभन्दा धेरै मानिसहरूलाई SSI को कार्यक्रम जाँच गर्न र होम केयरमा सामेल हुन प्रोत्साहित गर्दछु," संजिदा थप्छिन्।

होमकेयर वर्कर बन्न चाहनुहुन्छ?

यदि तपाईं पनि परिवर्तन ल्याउन उत्साहित हुनुहुन्छ भने, थप जानकारीका लागि SSI को होम केयर वर्कफोर्स सपोर्ट कार्यक्रममा जानुहोस् - https://www.ssi.org.au/our-services/home-care/

यदि तपाईं यस कार्यक्रममा सम्मिलित हुन चाहनुहुन्छ भने, आफ्नो CV लिएर लक्षित भर्ति कार्यक्रममा जानुहोस्‌ । तपाईंको नजिकै हुने SSI को कार्यक्रम पृष्ठ यहाँ जानुहोस्‌ -  https://www.ssi.org.au/our-services/home-care/home-care-events/

तपाईंले आफ्नो भाषामा सहायताको लागि पनि SSI  प्रतिनिधिलाई सम्पर्क गर्न सक्नुहुनेछ -
 https://www.ssi.org.au/our-services/home-care/contact-us-in-your-preferred-language/

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  ०९:३२
प्रतिक्रिया दिनुहोस्