SSI SSI
SSI SSI

नमो गुरवे नमो रत्नत्रयाय

नमो गुरवे नमो रत्नत्रयाय
महायान बौद्धधर्म अनुसार हामी सबैको चित्तसन्तानमा क्लेशावरण र ज्ञेयावरण गरेर दुइप्रकारको आवरणहरू हुन्छन्। क्लेशावरण भनेको सत्कायदृष्टिले निम्ताएको आत्मग्राह र त्यसबाट उब्जेका आशक्ति र द्वेष हो। यी आवरणले गर्दा हामी दुखको भवसागरमा लतारीइ राख्छौ। तर बुद्ध, बोधिसत्त्व र आर्हतहरूको चित्त सन्तानमा सत्कायदृष्टि नाश भएका कारण अर्थात पुद्गल नैरात्म्यको साक्षात्कारका कारण दु:खरूपि भवसागरबाट मुक्त भएका हुन्छन् । 
तर प्रत्यकबुद्ध, बोधिसत्त्वहरू र आर्हतहरूका चित्त सन्तानमा धर्म नैरात्म्यको साक्षात्कार भइनसकेका कारण उनिहरूमा सर्वज्ञता हुदैन। यहा सर्वज्ञता भन्नुको मतलब "मेरो कति ओटा सन्तान छन् त्यो थाहा पाउने" भन्ने अर्थ भन्दा पनि ती सबै सन्तानको चित्तको झुकाव/सस्कार कस्तो छ, त्यो अनुसार कसलाई के भनेर धर्मको बाटोमा डोराउन सकिन्छ, भन्ने अर्थ लगाउनु पर्छ । केवल बुद्धहरूमामात्र सर्वज्ञता हुन्छ अर्थात सत्त्वहरूको चित्तको प्रवृति बुझ्न सक्ने क्षमता हुन्छ। अर्थात ठेट नेपाली शैलिमा भन्नुपर्दा तपाईले "आ" गर्नु भयो भने तपाईको भित्रको आन्द्राभुडि सबै बुझ्न्/देख्न् र त्यहि अनुसारको धर्मको औषधि खुवाएर निर्माण सम्म पुराउन सक्छन्, बुद्धहरूले। तर बुद्धलाई चिन्न सक्ने बिऊ हामीमा पनि हुनु पर्छ नत्र त बुद्धरूपि ज्ञानको किरणलाई हाम्रो क्लेशरूपि बादलले छेकि दिन्छ । 


खैर, माथि भनेको जस्तो पुत्गल नैरात्म्यको साथसाथै धर्म नैरात्म्यको ज्ञान भएका कारण बुद्धका तीन प्रकारका काय बनेका हुन्छन्।पहिलो हो धर्मकाय, जुन शून्यताको निर्विकल्प साक्षात्कार भइरहेको चित्तसन्तान हो, जसलाई शून्यप्रभाश्वर चित्तपनि भनिन्छ। यो धर्मकायबाट हामीजस्ता अज्ञानि सत्त्वहरू र बोधिसत्त्व/आर्हत जस्ता आर्यहरूलाई धर्म सिकाउनको लागि  निर्माणकाय र सम्भोगकाय, क्रमश: निस्कन्छन्। शाक्यमुनि बुद्धपनि यस्तै एक निर्माणकाय हुनु हुन्थियो जो मनुष्य लगाएत अन्य सत्त्वहरूका लागि धर्मचक्र प्रवर्तन गर्न + २५०० अगाडि लुम्बिनिमा जन्मिनु भएको थियो। बुद्धको यहि निर्माण कायलाई मात्र श्रावकयानको एक निकाय थेरावादले स्विकारेको हो। बुद्धका अन्य दुई कायहरू अर्थात धर्मकाय र सम्भोगकाय बुझ्न थेरावाद होइन महायानलाई बुझ्नु पर्छ। 
यी तीन कायहरू कसरी प्राप्त हुन्छ? बोधिचित्त अर्थात करूणा र प्रज्ञाको अभ्यासले यी तीन कायहरू बन्छन्। पुद्गल नैरात्म्य र धर्म नैरात्म्यबाट धर्मकाय प्राप्त हुन्छ भने करूणाको अभ्यासबाट निर्माणकाय र सम्भोगकाय। बोधिचित्तको अभ्यास कसरी गर्ने? आचार्य शान्तिदेवले यो अध्यायको श्लोक ८९ बाट यहि गर्न सिकाउदै हुनुहुन्छ। परात्मसमता र परात्मपरिवर्तननै बोधिचित्तको अभ्यास हुन्। 
यहा देखाइएको पहिलो श्लोकमा आचार्य शान्तिदेव भन्नुहुन्छ :- विगतमा परात्मसमता र परात्मपरिवर्तनको अभ्यास नगरेकोले तिमि अहिले यस्तो दयनिय अवस्थामा छौ। विगतमा अभ्यास गरेको भए बुद्ध सम्पत्को सुख भोग्न सक्थियौ। बुद्ध सम्पत् अर्थात बुद्धको सम्पति के हो? धर्मकाय र रूपकायनै बुद्धका सम्पत्ति हुन्। यीनै सम्पत्तिका कारण एक बुद्धलाई निर्माण प्राप्त हुनुको साथसाथै सर्वज्ञतापनि प्राप्त हुन्। अर्हत, बोधिसत्त्वहरू र प्रत्यकबुद्धहरूमा निर्माणरूपि सम्पत्ति त हुन्छ तर एक बुद्धको जस्तो सर्वज्ञता र त्यसबाट आउने उपाय कौशलता र रूपकायको अभाव हुने हुनाले बुद्ध जस्तो सम्पन्न हुदैनन्। यहि कारणनै हो बुद्धलाई पुर्ण फक्रेको चित्त भनेको। 
दोस्रो श्लोकमा आचार्य शान्तिदेव भन्नुहुन्छ:- आमा बाबाका शुक्रशोणितबिन्दुमा त बाल्यकालदेख "म" भन्ने बानि/अभ्यासका कारण " यो शरीर भनेको त मनै हु" भन्ने अनुभव हुन थाल्यो। अब यस्तै बानि र अभ्यास अन्य सत्त्वहरूमा पनि गर ताकि तिनीपनि "मनै" हु भन्ने भान हुन थलोस्।
भवतु सर्व मंगलम्
(बबिता गैह्रेको फेसबुकबाट साभार )
 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  ०९:५०
प्रतिक्रिया दिनुहोस्