SSI SSI
SSI SSI

अभिभावक बनभोजको तयारी पुरा 


सिड्नी । एनआरएनए अष्ट्रेलिया न्यु साउथ वेल्स राज्य कमिटिको आयोजनामा यहि मार्च २३ तारिख शनिवार गर्ने  अभिभावक बनभोज कार्यक्रमको तयारी पुरा भएको छ ।  नेपालबाट आफ्ना परिवारजनलाई भेट्न आउनुभएका अभिभावकहरु बिच भेटघाट तथा मनोरन्जनात्मक कार्यक्रमका साथ  घुमाउने र खुवाउने कार्यक्रममा करिव ७ सय ५० जना आभिभावक तथा स्वयंसेवीहरुको सहभागिता रहने बताईएको छ ।  कार्यक्रममा सहभागी हुन ईच्छुकहरुका लागी एनआरएनए  न्यु साउथ वेल्स राज्य समितिले फर्म भर्न आव्हान गरेको थियो । 


 न्यु साउथ वेल्स राज्यको सेन्ट्रल कोष्ट क्षेत्रमा अवस्थित सुन्दर ग्रामिण शहर न्युक्यासलको " द फोरसोर पार्क " मा हुने सो अभिभावक बनभोज कार्यक्रममा नेपाली परिकारका खानाको अलवा विभिन्न सांगेतिक र मनोरन्जनात्मक कार्यक्रम हुने छ । कार्यक्रमको बारेमा नेपाल न्यूजसंग कुरागर्दै अभिभावक बनभोज कार्यक्रमका संयोजक दीपा जोशीले अबर्न ,कोग्राह ,बक्स हिल ,ब्ल्याक टाउन ,हर्न्स्बी , पारामाटा ,लिपिङ्ग्टन ,क्याम्सी ,नर्दन बिचेज ,मिट्टागन ,क्याम्पेलटाउन , एड्मन्सन पार्क , बार्डिया ,गस्फ़ोर्ड लगायतका सबर्बहरुबाट अभिभावकहरुलाई पिक अप गर्ने ब्यबस्था मिलाईएको बताईन । उनले  कार्यक्रममा  मनोरंजनका कार्यक्रम ,फोटो सुट र हेल्थ क्याम्प संचालन गरिने छ ।  जसमा बा आमाको ,ब्लड सुगर र आधारभूत स्वास्थ्य परिक्षण गरिने छ । 
उनले बिहान ७ बजे नै पिक अप गर्ने स्थानमा पुग्न अभिभावक र समन्धित पक्षलाई अनुरोध समेत गरेकी छन् । 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  ०७:२३
प्रतिक्रिया दिनुहोस्