SSI SSI
SSI SSI

साउथ वेस्ट नेप्लिज कम्युनिटीको अध्यक्षमा चतुर्भुज खरेल चयन 

 

सिड्नी । साउथ वेस्ट नेप्लिज कम्युनिटीको तेश्रो साधारण सभा यहि मार्च १० तारिख आइतवार सिड्नीमा सम्पन्न भएको छ । सिड्नीको ग्लेनफिल्ड स्थित कम्युनिटी सेन्टरमा सम्पन्न साधारण सभाले आगामी दुई बर्षका लागि चतुर्भुज खरेलको अध्यक्षतामा सर्वसम्मत रुपले नयाँ कार्यसमिति को चयन गर्यो ।

कार्यसमितिको उपाध्यक्षमा बाबुराम गौतम ,महासचिवमा प्रकाश पौडेल ,सचिवमा कमल प्रसाद भण्डारी र कोषाध्यक्षमा हेमा भण्डारी लाई चयन गरेको सो सस्थाले जनाएको छ । कार्यसमितिको सदस्यहरुमा प्रेमबहादुर शाह ,सुभास ढकाल ,पुनम भुषाल आचार्य ,सुमन न्यौपाने ,सुरेश रेग्मी ,ईश्वरी खनाल ,चन्दना पौडेल ,कुमार श्रेष्ठ र ज्ञानेन्द्रराज पियाक रहेका छन् । सस्थाको प्रवक्ताको रुपमा चन्द्र ढकाललाई चयन गरिएको छ । 


साधारण सभामा प्रमुख अतिथि लिपिङ्ग्टन राज्य सदस्य नाथन म्याथु हग्रेटिले सिड्नीको साउथ वेस्टमा बढ्दै गएको नेपाली समुदायको उपस्थिति वास्तवबमै गर्व गर्न लायक रहेको रहेको बताए । उनले नेपाली समुदायको सास्कृतिक ,सामाजिक र मौलिक क्षेत्रको संरक्षण र सम्बर्धन गर्दै नेपाली समुदायले भोग्दै आएका समस्याहरुको समाधान गर्न   आफ्नो तर्फबाट सक्दो साथ र सहयोग रहने प्रतिबद्दता व्यक्त गरे ।  


लिभरपुल काउन्सिलका मेयर निड ममुनले बहुसास्कृतिक हाम्रो मुलुक अष्ट्रेलियामा नेपाली समुदायको सस्कृति झल्किने सामुदायिक भवन निर्माणका लागि आफुले सक्दो  सहयोग गर्ने बताए । 
साउथ वेस्ट नेप्लिज कम्युनिटीका अध्यक्ष सुदिप ढकालको अध्यक्षता सम्पन्न सो कार्यक्रममा एन आर एन ए अन्तराष्ट्रिय समन्वय समितिका उपाध्यक्ष बिनोद श्रेष्ठ र सचिव ज्ञानेन्द्र रेग्मी ,लिबरल पार्टीका नेता सम कायल ,एन आर एन ए अष्ट्रेलियाका पुर्व अध्यक्ष नन्द गुरुङ ,एनआरएनए अष्ट्रेलिया एनएसडब्लु राज्य समितिका उप संयोजक दीपा जोशी लगायतका बक्ताहरुले नयाँ कार्यसमितिलाई बधाई दिदै सामाजिक एबम कल्याणकारी कार्यमा आफुहरुको साथ र सहयोग रहने उल्लेख गरे ।

सो अवसरमा नवनिर्बाचित पदाधिकारीलाई सस्थाका सस्थापक अध्यक्ष देबेन्द्र सापकोटाले पद तथा गोपनियताको सपथ खुवाएका थिए । नयाँ कार्य समिति चयनका लागि भारत देबकोटाको संयोजकत्वमा बिनोद पौडेल र प्रकाश पौडेल रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।  साधारण सभामा निर्वाचन समितिका सदस्यहरुले नयाँ कार्यसमिति घोषणा गरेका थिए । कार्यक्रममा बालबालिकाद्वारा नृत्य प्रस्तुत गरिएको थियो भने गायक रमण रेग्मीले गीत प्रस्तुत गरेका थिए । साधारण सभामा त्यस क्षेत्रमा बसोबास गर्दै आएका नेपालीहरुको ठुलो संख्यामा सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  ०४:१५
प्रतिक्रिया दिनुहोस्