SSI SSI
SSI SSI

ओरेन्ज नेप्लिज कम्यूनिटीको अध्यक्षमा बिरेन्द्र मल्ल

सिड्नी । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्य अन्तरगत ओरेन्ज क्षेत्रमाबसोबास गरिरहेका नेपालीहरु लाई एकिकृत गर्ने उद्देस्यले ओरेन्ज नेप्लिज कम्यूनिटीको गठन गरिएको छ ।सेप्टेम्बर १० तारिख आइतबार ओरेन्ज मा सम्पन्न नेपाली हरुको भेलाले बिरेन्द्र मल्लको अध्यक्षतामा ओरेन्ज नेप्लिज कम्यूनिटी गठन गरिएको हो । समितिको उपाध्यक्षमा अर्जुन पन्थ, महासचिबमा किरण पाण्डे, सचिबमा सुनिता सापकोटा, कोषाध्यक्षमा अमित थापा, सहकोषाध्यक्षमा अश्मा पौडेल रहेको सो सस्थाले जनाएको छ । सस्थाका अनुसार सदस्यहरुमा रुद्र घले, कविन्द्र खड्का, विमल कडेल, भुषण शर्मा, नरेश थापा,नारायण कंडेल, विजय थापा, बिमल शर्मा, अनुप गुरुङ, र राजेश लामा चयन भएका छन् । भेलाले सस्थाको सल्लाहकारहरुमा डा. डिल्ली बञ्जाडे, यशोदा घर्ति दुलाल र गोपाल लामालाई चयन गरेको छ त्यस्तै कानुनी सल्लाहकारमा कलपित पराजुली रहेका छन् । नेपाल न्युजसंग कुरा गर्दै अध्यक्ष बिरेन्द्र मल्लले ओरेन्ज क्षेत्रमा बसोबास गर्नेनेपालीहरुको सुख दुखको साथि बन्दै नेपाली कला, सस्कृति ,धर्म र परम्पराको सम्बर्धन गर्ने सस्थाको मूल उद्देस्य रहेको बताए । उनले सस्थाले सामाजिक तथा कल्याणकारी कार्यका लागे अन्य नेपाली संघ सस्थाहरुसंग हातेमालो गर्दै अगाडि बढने उल्लेख गरे ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १६:२३
प्रतिक्रिया दिनुहोस्