SSI SSI
SSI SSI

एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल र एनएसडब्लू राज्यका प्रिमियर क्रिस मिन्स भेट 


नेपाल न्यूज प्रतिनिधि 
सिड्नी ।  गैर आवासिय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलको नेतृत्वले न्यू साउथ वेल्सका प्रिमियर क्रिस मिन्ससँग भेट गरेको छ । यहि मार्च ६ तारिख सिड्नीको मार्टिन प्लेस स्थित प्रिमियरको कार्यालयमा भएको भेटघाटमा अध्यक्ष पोखरेलले दश बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । सो पत्र बुझाउदाको अवसरमा एनएसडब्लू राज्यका बहुसंस्कृतिमन्त्री स्टेफन कम्परको पनि उपस्थिति रहेको थियो । एनआरएन अष्ट्रेलियाको टोलीसँगको भेटमा प्रिमियर क्रिस मिन्सले एनआरएनए अष्ट्रेलियाले उठाएका मागका समन्धमा आफु धेरै  सकारात्मक रहेको बताए ।


भेटका समन्धमा नेपाल न्यूजसंग कुरागर्दै एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल भेटमा प्रिमियरले नेपाली समुदायलाई महत्व दिएको आफुले पाएको बताए । उनले यहाको राज्य सरकार एनआरएन अष्ट्रेलियासँग मिलेर समुदायको हितका कार्य गर्न ईच्छुक रहेको र यस्ता भेटघाट अबदेखि हरेक छ /छ  महिनामा गर्ने कुरा भएको उल्लेख गरे । भेटका अवसरमा एनआरएनए टोलीले यहाँका नेपालीले भोग्दै आएका समस्या र तिनका समाधानका उपायका बारेमा,बहुसास्कृतिक भवन निर्माणको लागी राज्यबाट आवस्यक सहयोग उपलब्ध गराईनु पर्ने ,अष्ट्रेलियाको अर्थतन्त्रमा नेपाली विद्यार्थीहरुको ठूलो योगदान रहेकोले  नेपाली बिद्यार्थी हरुलाई छात्रवृत्तीको कोटा बढाउनुपर्ने ,राज्यको नीति निर्माणको तहमा नेपाली समुदायको प्रतिनिधित्व हुनेगरी राज्यको बहुसांस्कृतिक सल्लाहकार बोर्डमा नेपाली प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग राखिएको छ ।   


त्यसैगरी  एनआरएन अष्ट्रेलियाले संचालन गर्ने कल्याणकारी र सामुदायिक कार्यक्रममा एबम परियोजनाको लागि राज्य सरकारको साथ र सहयोग हुनुपर्ने पनि प्रिमियर लाई बुझाईएको माग पत्रमा उल्लेख गरिएको छ । प्रिमियरलाई भेटेर एनआरएनले नेपाली समुदायको समस्या र तिनका समाधानका उपाए सहितका माग सहितको आफ्नो धारणा राखेको यो पहिलो पटक हो ।  भेटमा एनआरएन अष्ट्रेलियाका एन एस डब्लू राज्यका सचिव कल्याण खड्का पनि सहभागी थिए । 



 

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १४:००
प्रतिक्रिया दिनुहोस्