SSI SSI
SSI SSI

साउथ वेस्ट नेप्लिज कम्युनिटीको साधारण सभा हुदै 


सिड्नी । सिड्नीको साउथ वेस्ट क्षेत्रमा बसोबास गर्दै आएका नेपाली हरुलाई एकीकृत गरी उनीहरुको सुख दुखको साथि बन्ने पबित्र  उद्देस्यले सन् २०१९ मा स्थापित साउथ वेस्ट नेप्लिज कम्युनिटीको तेश्रो साधारण सभा यहि मार्च १० तारिख आईतवार हुदैछ ।

ग्लेनफ़िल्ड, १० न्यू टाउन स्थित ग्लेनफ़िल्ड कम्युनिटी हलमा हुने सो कार्यक्रम अपरान्ह २ बजे सुरु हुने आयोजक सस्थाले जनाएको छ । साधारण सभाले आगामी २ बर्षको लागि १९ सदस्यीय नयाँ कार्यसमितिको चयन गर्ने सस्थाका अध्यक्ष सुदिप ढकालले नेपाल न्युजलाई बताए । उनका अनुसार लिभरपुल र  क्यामेडियन काउन्सिल मा बसोबास गरिरहेका नेपालीहरु मध्ये करिव ३ सय नेपालीले सस्थासंग आबद्धता जनाएका छन् । यहि सस्थाको पहलमा अहिले सिड्नी नेप्लिज मल्तिकल्चार सेन्टरको निर्माणको लागी आवस्यक कार्य अगाडी बढ्दै छ । 
सो अवसरमा सास्कृतिक कार्यक्रमको अलवा बच्चाहरुको मनोरन्जनका खेल र फेस पेंटिंग पनि गरिने बताइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १३:२२
प्रतिक्रिया दिनुहोस्