SSI SSI
SSI SSI

ओएनएफ न्यु साउथ वेल्स राज्य कमिटीको अधिवेशन सिड्नीमा सम्पन्न 

 

सिड्नी । नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्य कमिटीको यहि मार्च २ तारिख शनिवार सिड्नीमा सम्पन्न तेस्रो अधिवेशनले सुर्य मोहन शर्मा को नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ । 


सिड्नीको अबर्न स्थित सफायर फंसन सेन्टरमा सम्पन्न सो अधिवेशनले सर्वसम्मत रुपमा नयाँ कार्यसमितिको चयन गरेको हो ।  सस्थाको उपाध्यक्षमा गोबिन्द तामांग, सचिवमा उषा किरण बारिया,उप-सचिवद्वयमा  अन्जान सोनी र अवानी पौडेल,आर्थिक बिभाग प्रमुखमा बिनोद खड़कालाई चयन गरेको सो सस्थाले जनाएको छ । त्यसैगरी कार्यसमितिको सदस्यहरुमा पवन डल्लाकोटि,सृजन भट्टराई,बिशाल रेग्मी,सागर सिलवाल,साजन श्रेष्ठ, उमेश बिके, रमेश सिंह,सशांक बस्याल,दिनेश अधिकारी,कुशल रिमाल,योगेश पराजुली,दिव्य प्रधान,विवेक शाक्य,सुजन श्रेष्ठ र सुशन जोशी रहेका छन् ।

अधिवेशनले बाबुराम पोखरेलको संयोजकत्वमा एघार सदस्यीय सल्लाहकार समितिको समेत गठन गरेको छ ।  सल्लाहकार समितिका सल्लाहकारहरुमा सिताराम घिमिरे,अशोक उप्रेती , राजु गौचन,प्रेम शाह,भूपेन्द्र चुडाल,तारा लामा,शरद सापकोटा,डा. लेनिन पौडेल,दीपक जोशी,लक्ष्मण भुसाल र अर्जुन पौड़ेल रहेका छन् । 


प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका उपाध्यक्ष रमेश पाण्डेको प्रमुख आतिथ्यतमा सम्पन्न सो अधिवेशनमा एनआरएनए आईसीसीका उपाध्यक्ष बिनोद श्रेष्ठ, सचिव ज्ञानेन्द्र रेग्मी , ओशेनिया संयोजक दिनेश पोखरेल, एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, पूर्व अध्यक्ष नन्द गुरुङ्ग , प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका  सल्लाहकार भवानी ओली , सदस्य शिशिर नेपाल, प्रवासी नेपाली मञ्च ओशेनिया क्षेत्र अध्यक्ष राजु उपाध्याय, अष्ट्रेलियाका अध्यक्ष केशब जोशी लगायतका बक्ताहरुले अधिवेशनको सफलताको शुभकामना दिदै  सामाजिक तथा कल्याणकारी कार्यमा सस्थालाई अझ प्रभावकारी रुपमा अगाडी बढाउन नयाँ कार्य समिती सक्रिय हुनुपर्नेमा जोड दिए । 


उनिहरुले यहाँको नेपाली सामुदायिक सस्थाहरुबिच आपसी प्रतिस्पर्धा र खुट्टा तानातान होइन साथमा साथ र हातमा हात मिलाएर अगाडी बढ्न सकेमा सामाजिक सस्थाहरुले लिएको लक्ष र उद्देस्य प्राप्त गर्न सकिने बताए । 


 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १५:५१
प्रतिक्रिया दिनुहोस्