SSI SSI
SSI SSI

सुनिताको म्यूजिक भिडियो "जुनी जुनीलाई" सार्वजनिक

 

सिड्नी । नवोदित गायिका सुनिता थापाको नयाँ गीत र म्युजिक भिडियो ‘जुनी जुनीलाई’ सार्वजनिक भएको छ । गीतमा सुनितालाई  राजेन्द्र बाराजुलीले स्वरमा साथ दिएका छन । 

सुनिताको यो पहिलो गीत हो । यसअघि उनले केही ट्र्याकहरुमा गीत रेकर्ड गर्दै सामाजिक सन्जालमा पोस्ट गर्दै आइरहेकी थिइन । अष्ट्रेलियामा बसेर नर्सिङ पेसा अँगाल्दै आएकी सुनिता गीत संगीतमा निकै समय बिताउने गर्छिन । पहिलो प्रयासबाट आफुलाई थुप्रै हौसला मिलेको आफ्नो अनुभव सुनाउदै समय र अवसर जुरेमा फेरी अर्काे गीत रेकर्ड गर्ने मनसाय रहेको कुरा गीत सार्बजिकको अवसरमा बताइन ।   

म्युजिक भिडियोमा गायिका सुनिता र खिम लामिछाने काजीको अभिनय छ । काजी पोखरामा रहेर सामाजिक कार्य गर्नुका साथै फोटोग्राफी र साहित्यमा रुची राख्छन । गीतको लेखन र संगीत टेक नारायण चापागाइले गरेका छन् भने एरेञ्ज राजेन्द्र बाराजुलीको छ ।

युवाहरुमा हुने प्रेम तथा रोमान्सलाई गीतमा उनेर संगीत बद्द गरिएको छ भने सोही अनुसारको कथामा आधारित रहेर निर्देशक तारानाथ आचार्यले निर्देशन गरेका छन भने अनिस खड्काले छायाङ्कन गरेका हुन् । गीतमा मोडल रहेका खिम काजीले पोखरा फेवातालको सौदर्यलाई उजागार गर्ने उदेश्यले लेकसाइड गौरीघाट परिसरमा रहेको शिवजीको मन्दिर तथा अन्य लेकसाइड वरपरका दृश्यहरुलाई भिडियो समाबेश गरेको बताए । स्थाई घर पोखरा भएका हाल अष्ट्रेलियामा बस्दै छ महेन्द्र थापाले म्युजिक भिडियोको निर्माण र सार्बजनिक गरेका हुन् ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्