SSI SSI
SSI SSI

प्रवासी नेपाली मंच एनएसडब्लु राज्य कमिटीको तेश्रो अधिवेशन हुने 


सिड्नी । नेकपा एमालेको सुभेच्छुक संगठन प्रवासी नेपाली मंच अष्ट्रेलिया न्यू साउथ वेल्स राज्य कमिटीको तेश्रो अधिवेशन आगामी मार्च २ तारिख शनिवार सिड्नीमा हुने भएको छ । सिड्नीको अबर्न स्थित  द सफायर फंसन सेन्टरमा हुने सो कार्यक्रम बिहान  ११ बजे प्रारम्भ हुने आयोजक सस्थाले जनाएको छ ।

 नेकपा एमालेसंग निकट रहेका अष्ट्रेलियाबासी नेपालीहरुलाई संगठित पार्दै यहाको नेपाली समुदायमा सामाजिक र कल्याणकारी कार्य गर्दै आएको छ । यहाको नेपाली समुदायको सुख दुखको साथि बन्दै  नेपालको आर्थिक ,सामाजिक तथा शिक्षा  लगायतका क्षेत्रमा साथ र सहयोग पुर्याउने उद्देस्यले सन् २०१० मा प्रवासी नेपाली मंच अष्ट्रेलिया स्थापना भएको हो । 
प्रवासी नेपाली मंच अन्तराष्ट्रिय कमिटिका उपाध्यक्ष रमेश पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न हुने सो तेश्रो अधिवेशनले २ बर्षका लागी नयाँ कार्यसमितिको चयन गर्ने छ । 
कार्यक्रमको बारेमा थप जानकारी चाहिएमा कृष्ण सापकोटा लाई ०४३३६४४०७७ र सिताराम लाई ०४२३७१५२९९ मा सम्पर्क गर्न सकिने आयोजक सस्थाले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  ११:२५
प्रतिक्रिया दिनुहोस्