SSI SSI
SSI SSI

सिड्नीमा नेपाली उपन्यास "बिषाणु ऋ " को बिमोचन 


सिड्नी । अष्ट्रेलिया लाई बिगत ५ बर्ष देखि आफ्नो कर्मभूमि बनाउदै आएकी लेखिका प्रज्ञा पनेरुको पहिलो साहित्यिक कृति नेपाली उपन्यास "बिषाणु ऋ " सार्बजनिक भएको छ । यही फ्रेबुवरी २५ तारिख आइतवार सिड्नीको ब्ल्याकटाउन स्थित म्याक्स वेबर पुस्तकालयमा आयोजित एक समारोहका बीच सो पुस्तकको बिमोचन गरियो ।

बरिष्ठ नेपाली गजलकार ज्ञानुवाकर पौडेल ,त्रिभुवन बिश्व बिद्यालय नेपाली भाषाकी प्राध्यापक गार्गी शर्मा र लेखिका प्रज्ञा पनेरुले पुस्तकको संयुक्त रुपमा बिमोचन गरेका थिए । "बिषाणु ऋ " भित्र समेटिएका बिषय बस्तु सँग समन्धित रहेर उपन्यासकार प्रज्ञा पनेरुसंग लेखिका सानु घिमिरेबीच पुस्ताक बार्ता भएको थियो । पुस्तक बार्ताका क्रममा उपन्यास भित्र समेटिएका विभिन्न घटनाक्रमहरु ,लैंगिक चेतनाका कुराहरु र लेखकको भनाई र दृष्टिकोण प्रस्तुत भएको थियो । 


कार्यक्रममा लेखक तथा समालोचक सुरेन्द्र दवाडीले विमोचित पुस्तक माथि टिप्पणी गर्दै पुस्तक उत्तर आधुनिकिकरणको उत्कृस्ट नमुना भएको उल्लेख गरे । उनले पुस्तकमा प्रस्तुत मनोबैज्ञानिक पक्ष ,साईकोथेरापीको प्रयोग देखी नेपाली बरिस्ठ साहित्यकार पारिजातको लोकप्रिय उपन्यास "शिरिषको फूल " को पात्रलाई पुनर्लेखन गरि लेखिएको भागको प्रसंसा गरे । 


सिड्नीमा बसोबास गरेका नेपाली साहित्यानुरागीहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा अष्ट्रेलियन भुटानी एसोसियसनका सल्लाहकार तथा "भुटान टु ब्ल्याकटाउन " पुस्तकका लेखक ओम ढुंगेल , ज्ञानुवाकर पौडेल ,गार्गी शर्मा लगायतका बक्ताहरुले उपन्यासकार लाई बधाई र शुभकामना ब्यक्त गरेका थिए । 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १३:४४
प्रतिक्रिया दिनुहोस्