SSI SSI
SSI SSI

एनआरएनए अस्ट्रेलियाको साधारण सभा र नवनिर्वाचित पधाधिकारीहरुलाई पद हस्तान्तरण सम्पन्न

नेपाल न्युज प्रतिनिधि ।  
सिड्नी । गैर आवासिय नेपाली संघ अस्ट्रेलियाको साधारण सभा तथा रास्ट्रिय  सम्मेलन  एनएसडब्लु राज्यको सिड्नीको पारामाटा स्थित नोभोटेल होटलमा बिषेश कार्यक्रमका साथ सेप्टेम्बर २ तारिख शनिबार  सम्पन्न भएको छ ।

हरेक दुई /दुई  बर्षमा हुने साधारण सभामा  नबनिर्बाचित कार्यसमिति लाई पद हस्तान्तरण तथा सस्थाले गरेका सामाजिक तथा कल्याणकारी कार्यका बारेमा,सस्थाको आर्थिक आय-व्यय तथा आगामी कार्यक्रमका बारेमा प्रतिनिधि सदस्यहरुलाई दिइयो । सम्मेलनमा अस्ट्रेलियाका सबै राज्यबाट प्रतिनिधिहरुले सहभागिता जनाएका थिए । साधारण सभालाई दुई चरणमा सम्पन्न गरिने सस्थाले जनाएको छ सस्थाका अनुसार सम्मेलन र साधारण सभा बिहान नौ बजे सुरु भएको पहिलो सत्रको कार्यक्रम  अपरान्ह ५ बजे सम्पन्न भएको थियो  ।

पहिलो चरणमा सस्थाका बिबिध पक्षका बारेमा प्रतिनिधि सदस्यहरु बीच छलफल भएको थियो  । साँझ ६. बजेदेखि सुरु भएको हुने दोश्रो चरणको कार्यक्रममा नबनिर्बाचित पधाधिकारिहरुको सफत ग्रहण तथा पद हस्तान्तरण , गाला डिनर र  बिभिन्न विधामा उत्कृस्ट योगदान पुर्याएका विभिन्न व्यक्तित्वहरुलाई  एक्सिलेन्स  अवार्ड  प्रेसिडेन्ट अवार्ड  र स्पेशल रिकग्निसन अवार्डबाट  सम्मान गरियो ।  

डा. डिल्ली बन्जाडेलाई  एनआरएनए एक्सिलेन्स  अवार्ड अफ दि ईयर  प्रदान गरिएको छ ।  कम्युनिटी सर्भिसेज पर्सन अफ दि ईयर नारायण गौतम, अर्गनाईजेसन अफ दि ईयर २०२३ जिलोङ नेप्लीज कम्युनिटी, विजनेस पर्सन अफ दि ईयर आदर्शजंग पाण्डे, एनआरएनए ओमन अफ दि ईयर सन्तोषी गौतम, स्टेट पर्सन अफ दि ईयर अवार्डबाट सुरज पौडेल, हिउँपति गुरुङ, गिरिश शर्मालाई सम्मान गरियो  भएका छन् । यस्तै मिडिया पर्सनालिटी अफ दि ईयर सरल गुरुङ र  कल्चरल एम्बेसडर अफ दि ईयर ममता तिवारी लाई प्रदान गरियो ।  

यस्तै विश्वविद्यालयतर्फ स्टुडेन्ट अफ दि ईयर आशिष ठगुन्ना, स्टुडेन्ट अफ दि ईयर ९ईयर १२० अवार्ड बिनम श्रेष्ठ र गौरब थापालाई प्रदान गरियो भने  फ्रेन्ड्स अफ नेपाल डा रे हडसन,  १८ वर्षमुनीको स्पोर्टस पर्सन अफ दि ईयरबाट  अंशु आले र १८ वर्ष माथिको स्पोर्टस पर्सन अफ दि इयरबाट  सुजनकुमार सिल्पकार सम्मानित भए ।  त्यसैगरी  युथ अफ दि ईयर भविश श्रेष्ठ पुरस्कृत भएका छन् ।

त्यसैगरी कार्यक्रममा हाम्रो पाठशाला क्यानबेरा, रियल स्टेट ब्यबसायी मुरारी लम्साल,  सिर्जना सैंजु, प्रकाशकाजी थापा,  मुक्तिराम पोखरेल, विजेन बटाजु, सुनील पराजुली, सूर्यप्रसाद गौतम,  पत्रकारद्वय तक्दीर अधिकारी  र कृष्ण तिवारीलाई प्रेसिडेन्ट अवार्डप्रदान गरिएको छ ।

एनआरएन अष्ट्रेलिया स्पेशल एप्रिसियसन अवार्डबाट अध्यक्ष पदका प्रत्यासीद्वय  देव गुरुङ र डिला खरेल,  प्रकाश लामिछाने , नवीन विडारी ,मानवी पौडेल, अदिती कँडेल, अदिती खरेल, कलाकार जेनिसा गौतम र सरु गुरुङलाई प्रदान गरिएको थियो । 

करिब १० दिनको समय दिएर एक्सीलेन्स एवार्डका लागि मागिएको आवेदनमा कूल १ सय २९ वटा नोमिनेसन परेको थियो ।

 

 

 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्